काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सका बीमितले व्यतित बीमालेख नवीकरण गर्दा ब्याज तिर्न नपर्ने भएको छ । इन्स्योरेन्सले आइतबार एक सूचना जारी गर्दै उक्त बीमालोख नवीकरणमा शत प्रतिशत छुट दिने जानकारी गराएको हो ।
इन्स्योरेन्सले व्यतित भएका बीमालेखहरु बीमितले चालु राख्नका लागि भुक्तानी गर्नुपर्ने नवीकरण बीमाशुल्कमा लाग्ने विलम्ब शुल्क (ब्याज) पूर्ण रुपमा छुट प्रदान गरेको हो । यो सुविधा जेठ ७ गतेदेखि असार १५ गतेसम्मको लागि लागू हुने छ ।
साथै, यो छुट बीमा अवधिभरी एक पटक मात्र पाइने भएकाले बीमितले असार १५ गतेभित्र नवीकरण बीमाशुल्क भुक्तानी गरी बीमालेख सक्रिय बनाउन सक्ने छन् ।
यस्तै, यो विलम्ब शुल्क (ब्याज) छुट सुविधा बीमालेख निरन्तर गर्ने प्रयोजनका लागि मात्र रहेको कम्पनीले जनाएको छ ।