नेपाल लाइफद्वारा ६४ लाख २५ हजारका दावी भुक्तानी

<p>काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६४ लाख २५ हजारको मृत्यु दावी भुक्तानी गरेको छ । टीकापुर न.पा ०१, कैलाली घर भएका बीमित नर बहादुर साउदको वैशाख १६ गते क्यान्सरका कारण असामायिक निधन भएको थियो । टीकापुरमा आयोजित एक कार्यक्रम बीच यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले ६४ लाख २५ हजारको चेक मृतकले [&hellip;]</p>

काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६४ लाख २५ हजारको मृत्यु दावी भुक्तानी गरेको छ ।

टीकापुर न.पा ०१, कैलाली घर भएका बीमित नर बहादुर साउदको वैशाख १६ गते क्यान्सरका कारण असामायिक निधन भएको थियो ।

टीकापुरमा आयोजित एक कार्यक्रम बीच यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले ६४ लाख २५ हजारको चेक मृतकले इच्छाइएको व्यक्ति ज्ञानु देवी साउद (श्रीमती) लाई हस्तान्तरण गरेका छन् ।

आफ्नो जीवनकालमा स्व. नर बहादुर साउदले नेपाल लाइफ इन्स्योरेन्स क.लि टीकापुर शाखा कार्यालयबाट २०७५/०५/१३ गते ५० लाखकाे बीमाङ्क भएको जीवन बीमा योजना लिएका थिए ।

कम्पनीले बीमाङ्क बापतको रकम अन्तर्गत ५० लाख र बोनस बापत १४ लाख २५ हजार गरी जम्मा ६४ हजार २५ लाख इच्छाइएको व्यक्ति (श्रीमती) लाई प्रदान गरेकाे हाे ।

कागजात प्राप्त भएको पाँच दिन भित्रनै कम्पनीले भुक्तानी गरेको जनाएको छ ।

Share News