बजेट ब्रिफकेस बोकेर अर्थमन्त्री संसदमा (फोटोफिचर)

<p>काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट अबको केही समयमा संसदमा पेस हुँदैछ । जसका लागि अर्थमन्त्री डा. प्रकाशशरण महत बजेट ब्रिफकेस बोकेर संसद भवन पुगेका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट पारित गरेसँगै उनी बजेट भाषणका लागि संसदमा पुगेका हुन् । चालू आर्थिक वर्षका लागि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ [&hellip;]</p>

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट अबको केही समयमा संसदमा पेस हुँदैछ । जसका लागि अर्थमन्त्री डा. प्रकाशशरण महत बजेट ब्रिफकेस बोकेर संसद भवन पुगेका छन् ।

सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट पारित गरेसँगै उनी बजेट भाषणका लागि संसदमा पुगेका हुन् ।

चालू आर्थिक वर्षका लागि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्बको बजेट ल्याएका थिए । उक्त बजेट पूरै खर्च नहुने भएपछि निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले २ खर्ब ४४ अर्ब रुपैयाँले घटाउँदै १५ खर्ब ४९ अर्ब रुपैयाँको कायम गरिदिएका थिए ।

राष्ट्रिय योजना आयोगले आगामी वर्षका लागि १६ खर्ब ८८ अर्ब रुपैयाँको बजेट ल्याउन सिलिङ दिएको छ । तर अर्थमन्त्री महतले साढे १७ खर्ब बराबरको बजेट ल्याउने तयारीमा छन् ।

Share News