बजेटले जनताका समस्या र अर्थतन्त्रको सकस सम्बोधन गरेको छ : अर्थमन्त्री

<p>काठमाडाैं । अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेटले जनताका समस्या अर्थतन्त्रको सकस सम्बोधन गरेको बताएका छन् । सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उनले बजेटले जनअपेक्षालाई सम्बोधन गर्ने र अर्थतन्त्रमा देखिएका समस्या सम्बोधन गर्ने तर्फ प्राथमिकता दिएको बताएका हुन् । उनले सबल अर्थतन्त्र निर्माण गर्ने तर्फ बजेट निर्देशित [&hellip;]</p>

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेटले जनताका समस्या अर्थतन्त्रको सकस सम्बोधन गरेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उनले बजेटले जनअपेक्षालाई सम्बोधन गर्ने र अर्थतन्त्रमा देखिएका समस्या सम्बोधन गर्ने तर्फ प्राथमिकता दिएको बताएका हुन् ।

उनले सबल अर्थतन्त्र निर्माण गर्ने तर्फ बजेट निर्देशित रहेको, जनताको विकास र सम्वृद्धितर्फ बजेटले प्राथमिकता दिएको र निजी क्षेत्रको मनोबल बढाउनतर्फ ध्यान दिएको बताए ।

यस्तै, उनले बजेटले उद्योग प्रवद्र्धन गर्ने, यूवालाई स्वदेशमै राजेगारी सिर्जना गर्ने र स्रोत र साधनको सही सदुपयोग गरी परिणाममुखी नतिजा ल्याउने बताएका छन् ।

‘प्रतिस्पर्धी क्षमता तथा तुलनात्मक लाभ उच्च भएका उद्योग प्रवद्र्धन गर्ने, डिजिटल र हरित अर्थतन्त्र विकास गर्ने, युवालाई देशभित्रै आर्थिक गतिविधिमा आवद्ध हुनु अभिप्रेरित गर्ने, उद्यमशीलता विकास गरी गरिबी न्यूनिकरण गर्ने सार्वजनिक सम्पत्तिको जगेर्ना गर्ने तथा स्रोत र साधनको प्रभावकारी एवं परिणामखी परिचालन गर्ने दिशामा बजेट उन्मुख रहेको छ’, महतले मन्तव्यमा भनेका छन् ।

Share News