काठमाडौं । सरकारले अब सबै प्रक्रिया पुरा भएपछि मात्रै आयोजनाका लागि बजेट विनियोजन हुने व्यवस्था गरेको छ ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उनले आयोजनाका लागि सम्पूर्ण तयारी पुरा गरेपछि मात्रै बजेट विनियोजन गर्ने बताएका हुन् ।
यस्तै, उनले आयोजनाको स्रोत सहमति तीन वर्षको हुने बताएका छन् ।