काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले कुनै व्यापारिक समूहको स्वार्थका लागि बजेट नल्याएको बताएका छन् । मंगलबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले कुनै व्यापारी वा व्यापारिक समूहको स्वार्थका लागि बजेट नल्याएको बताएका हुन् ।
बजटेमार्फत् भएका विभिन्न कार्यक्रम तथा राजश्वका नीतिका कारण उनले केही निश्चित व्यापारीको स्वार्थका लागि निर्णय लिएको आलोचना भइरहेको छ । त्यसको विरोध गर्दै उनले कुनै निश्चित समूहको स्वार्थका लागि बजेट ल्याएको प्रमाणित भएमा तत्काल राजीनामा दिन तयार भएको पनि बताएका छन् ।
‘मैले नीजि क्षेत्रका कसैको पक्षमा बजेट ल्याएको छैन, यदि गरेको छु भने प्रमाण ल्याउनुस्, तत्काल राजीनामा दिन्छु,’ उनले पत्रकार सम्मेलनमा भने ।