काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले सेयर रजिष्ट्रार सम्बन्धी सेवाका लागि प्रभु क्यापिटललाई सेयर रजिष्टार नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता बुधबार सम्पन्न भयो ।
सम्झौतामा हिमालयन लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण तथा प्रभु क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।
युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स एक आसपमा मर्ज भई हिमालय लाईफ इन्स्योरेन्स कायम भई वैशाख २६ गते बाट संयुक्त कारोबार सुरु भएको हो ।