यस्तो बन्यो सुर्यज्योति लाइफ इन्स्योरेन्सको संचालक समिति

<p>काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्सको अध्यक्षमा केशव प्रसाद भट्टराई नियुक्त भएका छन् । कम्पनीको जेठ ४ गते बसेको १५ ‌‌औं वार्षिक साधारण सभाबाट संचालक पदमा नियुक्त भई सोही दिन बसेको संचालक समितिको बैठकबाट उनी अध्यक्षमा नियुक्त भएका हुन् । संचालक समितिमा संस्थापक सेयरधनी समूहको तर्फबाट नन्द किशोर शर्मा र विवेक झा रहेका छन् भने सर्वसाधारण सेयरधनीको [&hellip;]</p>

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्सको अध्यक्षमा केशव प्रसाद भट्टराई नियुक्त भएका छन् । कम्पनीको जेठ ४ गते बसेको १५ ‌‌औं वार्षिक साधारण सभाबाट संचालक पदमा नियुक्त भई सोही दिन बसेको संचालक समितिको बैठकबाट उनी अध्यक्षमा नियुक्त भएका हुन् ।

संचालक समितिमा संस्थापक सेयरधनी समूहको तर्फबाट नन्द किशोर शर्मा र विवेक झा रहेका छन् भने सर्वसाधारण सेयरधनीको तर्फबाट हेमन्त नाहटा, आकाश गोल्छा र प्रिया तायल रहेका छन् ।

भट्टराईले जेठ १० गते बुधबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । यस्तै, संचालक समितीले अध्यक्ष भट्टराई समक्ष जेठ १४ गते पद तथा गोपनियताको सपथ लिएका छन् ।

Share News