एलआईसी नेपालले यो वर्ष लाभांश नदिने

<p>काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले यो वर्ष लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव जेठ २६ गते साँझ बसेको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल बीमा प्राधिकरणले स्वीकृति दिनुपर्छ भने कम्पनीको वार्षिक साधारण सभाले [&hellip;]</p>

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले यो वर्ष लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव जेठ २६ गते साँझ बसेको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल बीमा प्राधिकरणले स्वीकृति दिनुपर्छ भने कम्पनीको वार्षिक साधारण सभाले पारित गर्नुपर्छ ।

त्यस्तै, कम्पनीले उक्त आर्थिक वर्षको नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका विवरणहरु स्वीकृतिको लागि बीमा प्राधिकरणमा पेश गरेको छ ।

इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको नाफाबाट भने २१.०५२६ प्रतिशत लाभांश वितरण गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस र बाँकी प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Share News