राष्ट्रिय बीमा कम्पनीले एकैपटक सम्पन्न गर्यो ६ वर्षको साधारण सभा, सञ्चालकमा टिवडेवाल निर्वाचित

<p>काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले एकैपटक ६ आर्थिक वर्षको साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले साविकको राष्ट्रिय बीमा संस्थानको तीन वर्षकाे र राष्ट्रिय बीमा कम्पनीको तीन वर्षकाे गरी ६ आर्थिक वर्षको साधारण सभा एकैपटक जेठ ३१ गते सम्पन्न गरेकाे हाे । राष्ट्रिय बीमा कम्पनी (साविक राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभाग)ले आफ्नो ३१ औं बार्षिक साधारण [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले एकैपटक ६ आर्थिक वर्षको साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले साविकको राष्ट्रिय बीमा संस्थानको तीन वर्षकाे र राष्ट्रिय बीमा कम्पनीको तीन वर्षकाे गरी ६ आर्थिक वर्षको साधारण सभा एकैपटक जेठ ३१ गते सम्पन्न गरेकाे हाे ।

राष्ट्रिय बीमा कम्पनी (साविक राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभाग)ले आफ्नो ३१ औं बार्षिक साधारण सभा र राष्ट्रिय बीमा कम्पनीको प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको हो । सभाले साविकको राष्ट्रिय बीमा संस्थानको आर्थिक वर्ष २०६८/६९, आर्थिक वर्ष २०६९/७० र आर्थिक वर्ष २०७०/७१ सम्म गरी ३ वर्षको र राष्ट्रिय बीमा कम्पनीको आर्थिक वर्ष २०७०/७१, आर्थिक वर्ष २०७१/७२ र आर्थिक वर्ष २०७२/७३ सम्म गरी ३ वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गरेको हो ।

साथै, महालेखापरीक्षक कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षकको आर्थिक वर्ष २०६८/६९ देखि २०७२/७३ सम्मको नियुक्ति एवम पारिश्रमिक अनुमोदन गरेको छ । जसको पारिश्रमिक प्रतिवर्ष ५ लाख रुपैयाँ छ ।

त्यस्तै, सभाले रिक्त रहेको सञ्चालक समितिमा रविकुमार टिवडेवाललाई निर्विरोध निर्वाचित गरेको छ । उनी सर्वसाधारण सेयरधनीकोतर्फबाट कम्पनीको सञ्चालकमा निर्वाचित भएका हुन् ।

Share News