एकैपटक १५ वटा बीमा योजना ल्याउँदै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, कुन कुन ?

<p>काठमाडौं । दुई कम्पनी मर्जपछि बन्ने &#8216;प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड&#8217; ले एकैपटक १५ वटा बीमा योजनाहरु (प्रोडक्ट) सार्वजनिक गर्ने भएको छ । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्स मर्ज भई बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले एकीकृत कारोबारपछि १५ वटा बीमा योजना बजारमा ल्याउने भएको हो । कम्पनीले सुपर सुरक्षित बीमा, समृद्ध जीवन बीमा, [&hellip;]</p>

काठमाडौं । दुई कम्पनी मर्जपछि बन्ने ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड’ ले एकैपटक १५ वटा बीमा योजनाहरु (प्रोडक्ट) सार्वजनिक गर्ने भएको छ । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्स मर्ज भई बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले एकीकृत कारोबारपछि १५ वटा बीमा योजना बजारमा ल्याउने भएको हो ।

कम्पनीले सुपर सुरक्षित बीमा, समृद्ध जीवन बीमा, चमत्कारीक हेरचाह बीमा, लोकप्रिय धन फिर्ता बीमा, स्मार्ट प्लस बीमा, बम्पर श्रीबृद्धि बीमा, गज्जवको लगानी फिर्ता बीमा, डबल धमाका बीमा, सबैको जिवन बीमा, सर्वश्रेष्ठ आजिवन बीमा, सुनीलो किरण बीमा, बैभव जीवन बीमा, जीवन उन्नती बीमा, लगानी फिर्ता बीमा र निर्धक्क जीवन बीमा योजना बजारमा ल्याउन लागेको हो । जुन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइसकेको कम्पनीले जानकारी गराएको छ ।

कम्पनीका अनुसार दुबै इन्स्योरेन्सका विज्ञ कर्मचारीहरुले गरेको अध्ययन विश्लेषणपछि १५ वटा योजनाहरु बिक्री वितरणको लागि छनोट भई प्राधिकरणबाट समेत स्वीकृत भएको हो । इन्स्योरेन्सले नेपाली जनमानसको आवश्यकता, बीमितलाई पर्ने लागत, कम्पनीलाई हुने मुनाफा र योजनामा हुने सुविधाहरुलाई समेत विचार गरी उक्त योजनाहरु बजारमा बिक्री गर्न लागेको हो ।

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्स असारभित्रै मर्ज हुने भएका छन् । र, एकीकृत कारोबार लगत्तै उक्त योजनाहरु बजारमा बिक्री गर्ने छन् ।

Share News