काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत योजना अन्तर्गत ३ लाख रुपैयाँको घातक रोगको बीमा दाबी रकम भुक्तानी गरेको छ ।
बैंकका खातावाला राम माया अधिकारीलाई सानिमा दिर्घायु बचत योजना अन्तर्गत ३ लाख रुपैयाँको घातक बीमा रकम भुक्तानी गरिएको हो । सानिमा बैंकका बालाजु कार्यालयका प्रबन्धक रामहरि अधिकारीले बीमा प्रदायक कम्पनी मेटलाइफको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरेका हुन् ।
राम माया अधिकारीले सानिमा बैंकको धादिङबेसी शाखामा उक्त योजना अन्तर्गत बचत खाता खोलेका थिए ।
सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा, ३ लाख रुपैयाँसम्मको १३ घातक रोगको उपचार बीमा, १० हजार रुपैयाँसम्मको ओपिडि भुक्तानी शुल्क सहितको ५० हजार रुपैयाँसम्मको औषधी उपचार बीमा, ५० हजार रुपैयाँको आवधिक जीवन बीमा र ५ हजार रुपैयाँको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।
सानिमा बंैकले देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२२ वटा एटीएम सञ्चालनमा ल्याएको छ ।