बजेटमा असन्तुलन हुन गएको छ, यो सम्मानित सदनमा म क्षमाप्रार्थी छु : मन्त्री किराँती

<p>काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आर्थिक वर्ष २०८०/८१ को बजेट असन्तुलित भएको बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री किराँतीले आर्थिक वर्ष २०८०/८१ को बजेट असन्तुलित हुन गएको बताएका हुन् । उनले बजेट असन्तुलित भएकोमा माफी समेत मागेका छन् । उनले बजेटको सिलिङ कम भएका कारण सांसदहरुले दिएका [&hellip;]</p>

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आर्थिक वर्ष २०८०/८१ को बजेट असन्तुलित भएको बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री किराँतीले आर्थिक वर्ष २०८०/८१ को बजेट असन्तुलित हुन गएको बताएका हुन् ।

उनले बजेट असन्तुलित भएकोमा माफी समेत मागेका छन् । उनले बजेटको सिलिङ कम भएका कारण सांसदहरुले दिएका धेरै योजनाहरु समेट्न नसकेको बताए । उनले सांसदहरुलाई खुशी बनाउन नसकेको भन्दै मन्त्रीले बाटो छलेर हिँड्नुपर्ने स्थिति रहेको बताए ।

मन्त्री किराँतीले सकभर देशभर सञ्चालन हुनेगरी बढीभन्दा बढी साना–साना बजेटका कार्यक्रमहरु समावेश गरिएको बताए । त्यस्तै प्रादेशिक सन्तुलनलाई ध्यान दिँदै प्रत्येक प्रदेशका महत्वपूर्ण सांस्कृतिक, धार्मिक एवं पर्यटन क्षेत्रलाई लक्षित गरी पर्यटन पुर्वाधार विकास गर्ने गरी बजेट व्यवस्था गरिएको उनले भने ।

‘सदाझैँ यसपालि मन्त्रालयको सिलिङ बजेटको व्यवस्था भएन, हाम्रो मन्त्रालयमा जिरो थियो सिलिङ बजेट, पुरातत्व विभाग र पर्यटन विभागमाथि हामी भर पर्नु पर्यो, धरै योजनाहरु अटाउनै सकिएन, सबैको चित्त प्रशन्न बनाउनै सकिएन, बाटो छोडेर, छलेर हिँड्नुपर्ने स्थिति छ मन्त्रीको, स्वभाविक रुपमा बजेट असन्तुलन हुन गएको छ, त्यसको निम्ति यो सम्मानित सदनमा म क्षमाप्रार्थी छु’, उनले भने ।

उनले पशुपतिमा रहेको जलहरीको विषयमा अख्तियारले छानविन गरिएको छ बताए । उनले विमानस्थल थप्ने भन्दा पनि विमानस्थलको गुणस्तरमा ध्यान दिनुपर्ने बताए । उनले नेपाल वायुसेवा निगममा कर्मचारी थप्न कुनै दबाब नदिएको स्पष्ट पारे ।

Share News