सन नेपाल लाइफले दुई महिनामै भुक्तानी गर्यो १४ लाखको मृत्यु दावी

<p>काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १४ लाख रुपैयाँ बराबरको मृत्युदावी भुक्तानी गरेको छ । कम्पनीले बीमित स्व. शिव प्रसाद खत्रीको श्रीमती इन्द्रा देवी खत्रीलाई सो रकम बराबरको दावी भुक्तानी गरेको हो । मंगलबार धनगढी कैलालीमा आयोजित एक कार्यक्रममा कम्पनीले उक्त रकमको चेक हस्तान्तरण गरेको हो । स्व. खत्रीले बीमालेख नं.एफई१०००५१३६५४ अन्तर्गत रहि वैदेशिक [&hellip;]</p>

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १४ लाख रुपैयाँ बराबरको मृत्युदावी भुक्तानी गरेको छ । कम्पनीले बीमित स्व. शिव प्रसाद खत्रीको श्रीमती इन्द्रा देवी खत्रीलाई सो रकम बराबरको दावी भुक्तानी गरेको हो ।

मंगलबार धनगढी कैलालीमा आयोजित एक कार्यक्रममा कम्पनीले उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।

स्व. खत्रीले बीमालेख नं.एफई१०००५१३६५४ अन्तर्गत रहि वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेका थिए । उनको गत बैशाख १८ गते मलेसियामा मृत्यु भएको हो ।

यससँगै कम्पनीले बीमितले इच्छाएको व्यक्ति श्रीमती इन्द्रादेवी खत्रीलाई किरीया खर्च, बीमाङ्क रकम, अन्य आय नोक्सानी, शव ढुवानी खर्च गरी जम्मा रकम १४ लाख रुपैयाँ दिएको हो । उक्त रकमको चेक कम्पनीका सुदुरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैसीले इन्द्रादेवी खत्रीलाई हस्तान्तरण गरेका हुन् ।

Share News