काठमाडौं । जीवन बीमा कम्पनीमध्ये आइएमई लाइफ इन्स्योरेन्स बिजनेसमा एग्रेशिभ देखिएको छ । सबैभन्दा बढी प्रतिशतले बीमाशुल्क संकलन गरेसँगै कम्पनी अन्य कम्पनीको तुलनामा बिजनेसमा एग्रेशिभ देखिएको हो ।
कम्पनीले एक वर्षको अवधिमा २४.७९ प्रतिशत बढी प्रिमियम उठाएको छ । २०७९ जेठमा २ अर्ब ८५ करोड रुपैयाँ प्रिमियम संकलन गरेको कम्पनीले २०८० जेठसम्ममा ३ अर्ब ५६ करोड रुपैयाँ बढी प्रिमियम संकलन गरेको छ ।
समीक्षा अवधिमा अधिकांश कम्पनीले बिजनेस व्यवसाय बढाएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १५ कम्पनीमध्ये ४ वटा कम्पनीको घटेको भने बाँकी सबै कम्पनीको बिजनेस बढेको देखिन्छ ।
बिजनेस घट्नेमा हिमालयन लाइफ (साविक प्राइम, यूनियन र गुराँस लाइफ), रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ र मेट लाइफ इन्स्योरेन्स रहेको छ ।
रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक र महालक्ष्मी लाइफले सबैभन्दा कम बीमाशुल्क संकलन गरेका छन् । नेपाल लाइफले ३२ अर्ब ३६ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ भने महालक्ष्मी लाइफले एक अर्ब ४२ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ ।
समीक्षा अवधिमा जीवन बीमा व्यवसाय ४.२४ प्रतिशतले बढेको छ । २०७९ जेठमा एक खर्ब १९ अर्ब ४७ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन भएको जीवन बीमा क्षेत्रमा गत जेठमा एक खर्ब २४ अर्ब ५४ करोड रुपैयाँ बराबरको प्रिमियम उठेको छ ।
कुन कम्पनीले कति उठाए प्रिमियम ?
