प्रिमियममा आईपीओ जारी गर्न रिलायबल लाईफले पायो अनुमति, प्रतिकित्ता कति ?

<p>काठमाडौं । रिलायबल लाईफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अनुमति पाएको छ । लामो समयदेखि आईपीओ जारी गर्ने प्रकृयामा रहेको इन्स्योरेन्सले असार १५ गते मात्रै नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । बोर्डले कम्पनीलाई कूल २ अर्ब ९८ करोड ९८ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न अनुमति दिएको हो । कम्पनीले जारी पुँजीको ३० [&hellip;]</p>

काठमाडौं । रिलायबल लाईफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अनुमति पाएको छ । लामो समयदेखि आईपीओ जारी गर्ने प्रकृयामा रहेको इन्स्योरेन्सले असार १५ गते मात्रै नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

बोर्डले कम्पनीलाई कूल २ अर्ब ९८ करोड ९८ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न अनुमति दिएको हो । कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुने कूल चार करोड कित्ता सेयर प्रतिकित्ता २५७ रुपैयाँमा जारी गर्न लागेको हो । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा थप १५७ रुपैयाँ प्रिमियम मूल्यसहित प्रतिकित्ता २५७ रुपैयाँमा सेयर जारी गर्न बोर्डको अनुमति पाएको हो ।

नेपालको बीमा क्षेत्रमा प्रिमियममा आइपीओ निष्कासन गर्ने कम्पनीमा रिलायबल नेपाल लाईफ दोश्रो भएको छ । जीवन बीमा व्यवसाय गर्दै आएको इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ छ ।

Share News