सन नेपाल लाइफले कैलालीमा गर्यो १३ लाख रुपैयाँको बीमा दावी भुक्तानी

<p>काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको कैलालीको धनगढी शाखाले मृत्युदावी भुक्तानी गरेको हो । इन्स्योरेन्सले एक कार्यक्रमको आयोजना गरी आज बीमित स्वर्गिय सागर महतौको ईच्छाएको व्यक्ती उनका बुवा विष्णु प्रसाद महतौलाई किरीया खर्च, बीमाङ्क रकम, अन्य आय नोक्सानी खर्च गरी जम्मा १३ लाख रुपैयाँ दावी भुक्तानी गरेको हो [&hellip;]</p>

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको कैलालीको धनगढी शाखाले मृत्युदावी भुक्तानी गरेको हो ।

इन्स्योरेन्सले एक कार्यक्रमको आयोजना गरी आज बीमित स्वर्गिय सागर महतौको ईच्छाएको व्यक्ती उनका बुवा विष्णु प्रसाद महतौलाई किरीया खर्च, बीमाङ्क रकम, अन्य आय नोक्सानी खर्च गरी जम्मा १३ लाख रुपैयाँ दावी भुक्तानी गरेको हो । कम्पनीका सुदुरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैसीले उक्त रकम बराबरको चेक हस्तानान्तरण गरेका हुन् ।

साथै, उक्त मृत्युदावी रकम भुत्तानी कार्यक्रममा आम सर्बसाधारण र अभिकर्ताहरुको बाक्लो उपस्थिती रहेका थियो । कार्यक्रममा कम्पनीका सुदुरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैसीले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारेका थिए ।

Share News