नेपालका वित्तीय क्षेत्रका नियामक प्रमुखहरु क्यानडामा

<p>काठमाडौं । वित्तीय क्षेत्रका नियामक प्रमुखहरु क्यानडा गएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नेतृत्वमा २८ सदस्यीय टोली क्यानडा गएका हुन् । जसमा राष्ट्र बैंकका गभर्नर अधिकारी, बैंक सुपरिवेक्षण विभाग प्रमुख देव कुमार ढकाल, वित्तीय अनुसन्धान इकाइका प्रमुख दीर्घ बहादुर रावल रहेका छन् । त्यस्तै, प्रधानमन्त्री कार्यालयका सचिव उदयराज सापकोटा, सहसचिव, कानुन मन्त्रालयका [&hellip;]</p>

काठमाडौं । वित्तीय क्षेत्रका नियामक प्रमुखहरु क्यानडा गएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नेतृत्वमा २८ सदस्यीय टोली क्यानडा गएका हुन् ।

जसमा राष्ट्र बैंकका गभर्नर अधिकारी, बैंक सुपरिवेक्षण विभाग प्रमुख देव कुमार ढकाल, वित्तीय अनुसन्धान इकाइका प्रमुख दीर्घ बहादुर रावल रहेका छन् । त्यस्तै, प्रधानमन्त्री कार्यालयका सचिव उदयराज सापकोटा, सहसचिव, कानुन मन्त्रालयका सचिव धनराज ज्ञवाली, अर्थ मन्त्रालयका सहसचिव, महान्यायाधिवक्ता कार्यालयका उपमहान्यायाधिवक्ता, केन्द्रीय अनुसन्धान विभागका प्रतिनिधि, सम्पति शुद्धीकरण विभागका प्रतिनिधि, फैसला कार्यान्वयन इकाइका प्रतिनिधि रहेका छन् ।

त्यसैगरी, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, नेपाल प्रहरीका प्रतिनिधिसहित परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरु पनि उक्त टोलीमा छन् ।

श्रोतका अनुसार नेपाललाई सम्पत्ति शुद्धिकरणको ग्रे लिष्टमा पर्नबाट बचाउन उक्त टोली क्यानडा गएको हो । जहाँ फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ) को मूल्यांकन समूहसँग छलफल हुने छ ।

उक्त टोली एक साताको लागि क्यानडा गएको हो ।

Share News