२० प्रतिशतले घट्यो पोलिसी सरेन्डर, सबैभन्दा बढी प्रभु लाइफको (कुनको कति ?)

<p>काठमाडौं । निरन्तर बढीरहेको बीमा पोलिसी सरेन्डर दर जेठमा भने एकाएक घटेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार पछिल्लो एक महिनामै साढे २० प्रतिशतले सरेन्डर दर घटेको हो । गत बैंशाखमा एक अर्ब ३० करोड रुपैयाँ बराबरको सरेन्डर भएकोमा जेठमा घटेर एक अर्ब ३ करोड रुपैेयाँमा झरेको छ । जुन प्रतिशतको आधारमा २०.६१ प्रतिशतले घटी [&hellip;]</p>

काठमाडौं । निरन्तर बढीरहेको बीमा पोलिसी सरेन्डर दर जेठमा भने एकाएक घटेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार पछिल्लो एक महिनामै साढे २० प्रतिशतले सरेन्डर दर घटेको हो ।

गत बैंशाखमा एक अर्ब ३० करोड रुपैयाँ बराबरको सरेन्डर भएकोमा जेठमा घटेर एक अर्ब ३ करोड रुपैेयाँमा झरेको छ । जुन प्रतिशतको आधारमा २०.६१ प्रतिशतले घटी हो । गत चैतको तुलनामा बैशाखमा १०.८८ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा जम्मा ६ वटा कम्पनीमा सरेन्डर रकम घटेको छ भने बाँकीको बढेको छ । सबैभन्दा बढी सरेन्डर रकम घट्नेको सूचीमा क्रमशः प्रभु लाइफ, एशियन लाइफ, हिमालयन लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), महालक्ष्मी लाइफ र आइएमई लाइफ रहेका छन् ।

प्रतिशतको आधारमा मेटलाइफको सबैभन्दा बढी प्रतिशतले बीमा सरेन्डर बढेको छ । कम्पनीका बीमितले बैशाखको तुलनामा ७१.६१ प्रतिशत बढी अर्थात ५ करोड ४९ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका छन् ।

रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्सका बीमितले बढी रकमको पोलिसी त्यागेका छन् । कम्पनीका बीमितले जेठमा मात्रै ४३ करोड ३९ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका हुन् ।

त्यस्तै, सबैभन्दा कम रकमको पोलिसी सरेन्डर गर्नेको सूचीमा सन नेपाल लाइफ रहेको छ । इन्स्योरेन्सको एक महिनामा ३९ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ ।

Share News