आईएमई लाईफको आईपीओ ‘ओभर सब्स्क्राइभ्ड’, आवेदन दिने अन्तिम दिन सोमबार

<p>काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर ओभर सब्स्क्राइभ्ड भएको छ । कम्पनीले सर्वसाधारणको लागि सेयर जारी गरेको तेस्रो दिन बेलुकासम्ममा नौ लाख ४० हजार ८१२ आवेदनकर्ताले १ करोड १७ लाख ६९ हजार ५० कित्ता सेयरका लागि आवेदन दिएका छन् । कम्पनीले एक सय ३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर २३६ रुपैयाँ ९१ पैसा [&hellip;]</p>

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर ओभर सब्स्क्राइभ्ड भएको छ ।

कम्पनीले सर्वसाधारणको लागि सेयर जारी गरेको तेस्रो दिन बेलुकासम्ममा नौ लाख ४० हजार ८१२ आवेदनकर्ताले १ करोड १७ लाख ६९ हजार ५० कित्ता सेयरका लागि आवेदन दिएका छन् ।

कम्पनीले एक सय ३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर २३६ रुपैयाँ ९१ पैसा दरमा १ करोड २० लाख कित्ता शेयर निष्काशन गरेको थियो ।

त्यसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई वितरण गरिसकिएको छ ।

यस्तै पाँच प्रतिशत अर्थात् छ लाख कित्ता सामुहिक लगानी कोषलाई र अर्को पाँच प्रतिशत अर्थात छ लाख कित्ता संस्थाका कर्मचारीहरुलाई छुट्याएर बाँकी ९६ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गरिएको थियो।

आइएमई लाइफले बीमा क्षेत्रमै पहिलो पटक प्रिमियम मूल्यमा आईपीओ निकालेको हो ।

Share News