आँखुखोला जलविद्युतले हकप्रद निष्काशन गर्ने, ब्रिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिंग

<p>काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्काशन गर्नका लागि ब्रिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिंगलाई नियुक्त गरेको छ । आज सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा आँखुखोला जलविद्युत कम्पनीको तर्फबाट कम्पनीका अध्यक्ष राम श्रेष्ठ तथा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रतिक्षा शर्मा र नबिल इन्भेष्टमेन्ट बैंकिंगको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी [&hellip;]</p>

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्काशन गर्नका लागि ब्रिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिंगलाई नियुक्त गरेको छ । आज सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा आँखुखोला जलविद्युत कम्पनीको तर्फबाट कम्पनीका अध्यक्ष राम श्रेष्ठ तथा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रतिक्षा शर्मा र नबिल इन्भेष्टमेन्ट बैंकिंगको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी बीच हस्ताक्षर गरेका हुन् ।

आँखुखोला जलविद्युत कम्पनीको संचालक समितिको निर्णयानुसार आफ्ना सेयरधनीहरुलाई १ः१.५ को अनुपातमा निकट भविष्यमा हकप्रद निष्काशन गर्नेछ ।

काठमाडोंबाट करिब १३२ किलोमिटर टाढा धादिङ्ग जिल्लामा अवस्थित आँखुखोला बुढीगण्डकी नदीको प्रमुख सहायक नदीहरु मध्ये एक हो । आँखुखोलाको क्याचमेन्ट क्षेत्र करिब ६३३ किलोमिटर छ । औसत बार्षिक प्रवाह ५८.३८ क्युमेक अनुमान गरिएको छ । ३४.५ क्युमेकको डिस्चार्ज ४० प्रतिशत भन्दा बढी सम्भाव्यता भएको मानिएको छ । कम्पनीको विद्युत उत्पादन क्षमता ८.४ मेगावाट रहेको छ र उक्त उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा जडान गरिएको छ ।

Share News