बजेट अभावमा पशुपक्षी रोग अन्वेषण प्रयोगशालाको सेवा आजदेखि बन्द

<p>काठमाडौं । पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीको सेवा प्रवाह आजदेखि बन्द गरिएको छ । सरकारले चालु वर्षमा यो कार्यालयका लागि शून्य बजेट विनियोजन गरेपछि कार्यालयले दिँदै आएको सेवा बन्द गर्नुपरेको कार्यालयका प्रमुख डा.नरेश जोशीले बताए । नेपाल सरकारले आर्थिक वर्ष २०८०÷८१ को बजेट वक्तव्यमा कृषि तथा पशुसम्बन्धी प्रयोगशाला, फर्म केन्द्र र स्रोत केन्द्रलाई प्रदेशमा हस्तान्तरण [&hellip;]</p>

काठमाडौं । पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीको सेवा प्रवाह आजदेखि बन्द गरिएको छ । सरकारले चालु वर्षमा यो कार्यालयका लागि शून्य बजेट विनियोजन गरेपछि कार्यालयले दिँदै आएको सेवा बन्द गर्नुपरेको कार्यालयका प्रमुख डा.नरेश जोशीले बताए ।

नेपाल सरकारले आर्थिक वर्ष २०८०÷८१ को बजेट वक्तव्यमा कृषि तथा पशुसम्बन्धी प्रयोगशाला, फर्म केन्द्र र स्रोत केन्द्रलाई प्रदेशमा हस्तान्तरण गर्ने भनी उल्लेख भई पशुसेवा विभागअन्तर्गतका केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, केन्द्रीय रिफरल पशु चिकित्सालयलगायतका अत्यावश्यक सेवा पु¥याउने निकायको बजेट विनियोजन शून्य पारेको बताइएको छ ।

“कार्यालयमा पानी पिउन, मास्क लगाउन, किट खरिद गर्न पाउनेसम्मको बजेट छैन”, डा.जोशीले प्रश्न गरे, “पशुजन्य रोगको महामारी फैलिएको अहिलेको अवस्थामा कार्यालयको बजेट शून्यमा झारेर के गर्न खोजिएको हो ?”

पशुपक्षीका विभिन्न महामारीजन्य रोगको अन्वेषण र निदानका लागि किसानलाई सेवा प्रवाह गर्दै आएको सुदूरपश्चिम प्रदेशको एकमात्र यो कार्यालयको बजेट शून्यमा झारेपछि बाध्य भएर सेवा बन्द गर्नुपरेको कर्मचारीले बताएका छन् । यो कार्यालयमा १४ कर्मचारी कार्यरत छन् ।

कार्यालयका अर्का एक कर्मचारीले भने, “आवश्यक बजेट अभावमा कार्यालयको सेवा नचाहँदा नचाहँदै पनि बन्द गर्नुपरेको छ, यसको जानकारी प्रमुख जिल्ला अधिकारीलाई गराएका छौँ ।”

Share News