गुराँस लघुवित्तको नाफा साढे २८ लाख रुपैयाँ

<p>काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा ३१.०७ प्रतिशत घटेर २८ लाख ५३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ४१ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असार मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी १७.१४ प्रतिशत घटेर ५ करोड ५९ [&hellip;]</p>

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा ३१.०७ प्रतिशत घटेर २८ लाख ५३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ४१ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत असार मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी १७.१४ प्रतिशत घटेर ५ करोड ५९ लाख रुपैयाँ मात्रै गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ६ करोड ७५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

लघुवित्तको सञ्चालन आम्दानी ६१.५४ प्रतिशत बढेर २ करोड १८ रुपैयाँ, कुल सञ्चालन आम्दानी ७.१० प्रतिशत घटेर ७ करोड ८७ लाख रुपैयाँ र सञ्चालन नाफा ३२.८३ प्रतिशत घटेर ४४ लाखमा झरेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १० करोड १४ लाख रुपैयाँ, जगेडा कोष १.४० प्रतिशत बढेर २ करोड ५ लाख रुपैयाँ, निक्षेप ४.७० प्रतिशत बढेर ३० करोड ८८ लाख रुपैयाँ, सापटि रकम ४.१२ प्रतिशत घटेर ८१ करोड ३३ लाख रुपैयाँ र कर्जा लगानी ०.८७ प्रतिशत घटेर १ अर्ब २२ करोड ८२ लाख रुपैयाँ रहेको छ ।

लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी ५.४४ रुपैयाँबाट घटेर २.८१ रुपैयाँमा सीमित भएको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात २६२.२५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२०.२६ रुपैयाँ छ । लघुवित्तको खराब कर्जा ४.६३ प्रतिशत, आधार दर १८.१९ प्रतिशत, कस्ट अफ फण्ड ११.५४ प्रतिशत पुगेको छ ।

Share News