नेप्से ३ अंकले बढ्दा पनि सपोर्ट लघुवित्तको सेयरमा सकारात्मक सर्किट

<p>काठमाडौं । बिहिबार नेप्से सूचक ३ अंक बढेर सेयर बजार बन्द भएको छ । नेप्से सूचक २०८९.८४ मा कायम भएको छ । बिहीबारको बजार उतार चढावका बीच अन्तिममा सामान्य अंकले बढेको हो । बिहीबार सपोर्ट लघुवित्तको सेयरमा भने सकारात्मक सर्किट लागेको छ । सपोर्टको सेयर ९८ रुपैयाँले बढेर प्रतिकित्ता १०७६.९० रुपैयाँ पुगेको छ । विहीबारको [&hellip;]</p>

काठमाडौं । बिहिबार नेप्से सूचक ३ अंक बढेर सेयर बजार बन्द भएको छ । नेप्से सूचक २०८९.८४ मा कायम भएको छ । बिहीबारको बजार उतार चढावका बीच अन्तिममा सामान्य अंकले बढेको हो ।

बिहीबार सपोर्ट लघुवित्तको सेयरमा भने सकारात्मक सर्किट लागेको छ । सपोर्टको सेयर ९८ रुपैयाँले बढेर प्रतिकित्ता १०७६.९० रुपैयाँ पुगेको छ ।

विहीबारको बजारमा प्रोग्रेसिभ फाइनान्सका सेयरधनीले सबैभन्दा बढी गुमाए ।

बिहीबार सबैभन्दा बढी कारोबार भने शिवम् सिमेन्टको भयो । कारोबार रकम १ अर्ब ७८ करोड रुपैयाँमा सीमित हुँदा शिवमको ९ करोड २३ लाखको सेयर किनबेच भयो ।

Share News