ग्लोबल इक्विटी फण्ड र उर्जा डेभलपर्सले ऊर्जा इम्प्याक्ट फण्ड सिर्जना गर्ने

<p>काठमाडौं । ऊर्जा इम्प्याक्ट फण्ड सिर्जना गर्न ग्लोबल इक्विटी फण्ड र उर्जा डेभलपर्सबीच सम्झौता भएको छ । हरित ऊर्जा र नवीकरणीय ऊर्जा परियोजनामा लगानी गर्ने उद्देश्यका साथ ऊर्जा इम्प्याक्ट फण्डमा सम्झौता भएको हो । उर्जा इम्प्याक्ट एक हरित ऊर्जा केन्द्रित कोष हो । यस फण्डले जलविद्युत परियोजनाहरू, सौर्य परियोजनाहरू, र अफ(ग्रिड सौर्य परियोजनाहरू (रुफटप सोलार [&hellip;]</p>

काठमाडौं । ऊर्जा इम्प्याक्ट फण्ड सिर्जना गर्न ग्लोबल इक्विटी फण्ड र उर्जा डेभलपर्सबीच सम्झौता भएको छ । हरित ऊर्जा र नवीकरणीय ऊर्जा परियोजनामा लगानी गर्ने उद्देश्यका साथ ऊर्जा इम्प्याक्ट फण्डमा सम्झौता भएको हो ।

उर्जा इम्प्याक्ट एक हरित ऊर्जा केन्द्रित कोष हो । यस फण्डले जलविद्युत परियोजनाहरू, सौर्य परियोजनाहरू, र अफ(ग्रिड सौर्य परियोजनाहरू (रुफटप सोलार प्लान्टहरू) मा लगानी गर्नेछ ।

ग्लोबल इक्विटी फण्ड र उर्जा डेभलपर्सले उर्जा इम्प्याक्ट फण्डमा कोष प्रबन्धको रुपमा रहेर स्वदेशी तथा अन्तर्राष्ट्रिय संस्थागत लगानीकर्ता, विकास वित्त संस्था र आईएफसी र एडिबि जस्ता संस्थामार्फत् फण्ड संकलन गर्नेछ ।

नवीकरणीय ऊर्जा विकास नेपालको लागि स्वच्छ ऊर्जामा रूपान्तरण र महत्वपूर्ण जलवायु लक्ष्यहरू पूरा गर्नका लागि आर्थिक र सामाजिक विकासलाई सशक्त बनाउन सर्वोपरी रहेको ग्लोबल इक्विटी फण्डका प्रबन्ध निर्देशक डा.मनिष थापाले बताए ।

उनका अनुसार उर्जा डेभलपर्ससँगको साझेदारीले स्वच्छ बिजुली ल्याउने परियोजनाहरूको वित्तपोषणलाई उत्प्रेरित गर्न, निम्न समुदायहरूको आर्थिक विकास र दिगो जीविकोपार्जनलाई प्रवद्र्धन गर्न अति आवश्यक पूँजी उपलब्ध गराएर स्वच्छ ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ ।

ग्लोबल इक्विटी फण्ड नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट इजाजतपत्र प्राप्त प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फन्ड प्रबन्धक कम्पनी हो । जसले विभिन्न आकार र फोकसका कोषहरू चलाउँदै आएको छ । उर्जा डेभलपर्स कम्पनी नवीकरणीय ऊर्जा क्षेत्रका लागि समाधान प्रदायक कम्पनी हो । जसले सन् २०३० सम्ममा १ गिगावाट कार्बन न्यूट्रल ऊर्जाको उत्पादन गन

Share News