एशियन लाइफको अभिकर्ता सम्मान समाराेह सम्पन्न

<p>काठमाडाै‌ं । एशियन लाइफ इन्स्योरेन्सको बागमती प्रदेश स्तरिय अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रम बिजनेश एक्सिलेन्स अवार्ड २०८० भव्यताका साथ सम्पन्न भएको छ। होटल क्राउन इम्पेरियलमा आयोजित दुई दिने कार्यक्रमको अवसरमा गत आर्थिक वर्ष २०७९।८० मा उत्कृष्ट व्यवसायीक योगदान गरेका बागमती प्रदेश अन्तर्गतका उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरिएको छ । कार्यक्रमको अवसरमा देशभरबाटै दोश्रो स्थान हासिल गर्न [&hellip;]</p>

काठमाडाै‌ं । एशियन लाइफ इन्स्योरेन्सको बागमती प्रदेश स्तरिय अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रम बिजनेश एक्सिलेन्स अवार्ड २०८० भव्यताका साथ सम्पन्न भएको छ। होटल क्राउन इम्पेरियलमा आयोजित दुई दिने कार्यक्रमको अवसरमा गत आर्थिक वर्ष २०७९।८० मा उत्कृष्ट व्यवसायीक योगदान गरेका बागमती प्रदेश अन्तर्गतका उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरिएको छ ।

कार्यक्रमको अवसरमा देशभरबाटै दोश्रो स्थान हासिल गर्न सफल भएका वरिष्ठ एजेन्सी म्यानेजर कमल प्रसाद जोशीलाई ट्रफि सहित सम्मान गरिएको छ । कम्पनीको सञ्चालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठ, सञ्चालक निष्ठा प्रधानाङ, सजल मास्के, अच्यूत राज सापकोटा र प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठले जोशीलाई संयुक्तरुपमा ट्रफी हस्तान्तरण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले नियामकीय प्रावधानभित्र रहेर अभिकर्तालाई सक्दो सुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै अझै बढी योगदानले कम्पनीलाई अझै उचाईमा लैजान संभव छ ।

प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठले बीमित, अभिकर्ता र शेयरधनी सबैलाई अपेक्षित प्रतिफल दिएर कम्पनीलाई अझै उत्कृष्ट बनाउने प्रयास जारी रहेको बताए । उनले सबैले अपेक्षा गरेको प्रतिफल दिलाउनकै लागी हामीले नियामकीय प्रावधानभित्रै रहेर लगानीमा विविधिकरणलाई जोड दिई रहेका छौं, आगामी दिनमा अवश्य पनि यसले नतिजा दिलाउने आशा गरेका छौं ।

पेशागत अभिकर्ता संघ बीमक समितिका उपाध्यक्ष सन्तलाल राईले पर्यटन, जलविद्युत र निर्जीवन बीमा व्यवसायमा समेत लगानी बिस्तारले कम्पनीको साखमा योगदान पुर्याउने भन्दै खुशी व्यक्त गरे । उनले  बीमितले प्राप्त गर्ने बोनश दर आगामी दिनमा अझै बढ्ने विश्वास व्यक्त गरे ।

दुई दिने कार्यक्रमको पहिलो दिन सहभागी अभिकर्ताहरुलाई वरिष्ठ अभिकर्ता तथा प्रशिक्षक मिन घलेले प्रशिक्षण दिएका थिए । करिब दुई सयको संख्यामा अभिकर्ताहरुको सहभागीता रहेकोसहभागी अभिकर्ताहरुलाई सम्मान् पत्र, ब्याज र मायाको चिन्हो सहित सम्मान गरिएको थियो । नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, डेप्युटी मार्केटिङ हेड विजय पराजुली, काठमाण्डौं उपत्यका प्रमुख दिपक राज लेखकलगायतको उपस्थिति रहेको थियो ।

Share News