इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पाँडेले हिमालयन एभरेष्टको सेयर बेच्दै

<p>काठमाडौं । नेपाल इनभेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वी वहादुर पाँडेले हिमायलन एभरेष्ट इन्स्योरेन्सको सेयर बिक्री गर्ने भएका छन् । हिमायलन एभरेष्ट इन्स्योरेन्सका संस्थापक सेयरधनी पाँडे आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री गरेर बाहिरिने भएका हुन् । पाँडेले आफ्नो नाममा रहेको ६७ हजार ४८१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । दोश्रो बजारमा खुला कारोबार नहुने [&hellip;]</p>

काठमाडौं । नेपाल इनभेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वी वहादुर पाँडेले हिमायलन एभरेष्ट इन्स्योरेन्सको सेयर बिक्री गर्ने भएका छन् । हिमायलन एभरेष्ट इन्स्योरेन्सका संस्थापक सेयरधनी पाँडे आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री गरेर बाहिरिने भएका हुन् ।

पाँडेले आफ्नो नाममा रहेको ६७ हजार ४८१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । दोश्रो बजारमा खुला कारोबार नहुने भएकाले सो सेयर बिक्री गर्न पाँडेले संचालक समितिमा निवेदन दिएका थिए ।

सो सेयरमा संस्थापक सेयरधनीहरुको पहिलो हक रहने छ । उनले बिक्रीमा राखेको सेयरको मूल्य प्रतिकित्ता २ सय रुपैयाँ तोकिएको छ । त्यसैले सो मूल्य नघट्ने गरी खरीद गर्न ईच्छुक संस्थापकले आवेदन पेश गर्नु पर्नेछ ।

ईच्छुक संस्थापकले खरीद गर्न चाहेको प्रतिकित्ता मूल्य उल्लेख गरी आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले ३५ भित्र निवेदन दिन आग्रह गरिएको छ ।

Share News