बीमामा डिजिटलाईजेसन गर्ने पहिलो कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स हो : सीईओ बैदवार

<p>काठमाडौं । सिद्धार्थ प्रिमियर ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बीरेन्द्र बैदवारले क्रमिक रुपमा बीमा सेवालाई प्रविधियुक्त बनाउने लक्ष्य रहेको बताए । शुक्रबार डिजिटल बीमा सुभारम्भ कार्यक्रममा बोल्दै सीईओ बैदवारले यो पहिलो प्रयास भएको र यसलाई अझ प्रभावकारी बनाउनेतर्फ थप क्रियासिल रहेको बताए । बीमा कम्पनी प्रधिविमैत्री नभए पछि परिने भएकाले डिजिटल भुक्तानी प्रणाली सुरु गर्नु [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ प्रिमियर ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बीरेन्द्र बैदवारले क्रमिक रुपमा बीमा सेवालाई प्रविधियुक्त बनाउने लक्ष्य रहेको बताए । शुक्रबार डिजिटल बीमा सुभारम्भ कार्यक्रममा बोल्दै सीईओ बैदवारले यो पहिलो प्रयास भएको र यसलाई अझ प्रभावकारी बनाउनेतर्फ थप क्रियासिल रहेको बताए ।

बीमा कम्पनी प्रधिविमैत्री नभए पछि परिने भएकाले डिजिटल भुक्तानी प्रणाली सुरु गर्नु परेको उनको भनाइ छ ।

‘प्रबिधिमैत्री नभए पछि परिन्छ, हामीले डिजिटल भुक्तानी प्रणाली ल्यायौ,’ उनले भने ।

उनका अनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी बीमा कम्पनीहरुमध्ये डिजिटलाईजेसन गर्ने पहिलो कम्पनी हो । बीमामा डिजिटलाईजेसन अनिवार्य भैसकेको उनले बताए ।

‘यसले सेमि अटोमेशन सेवा दिन्छौं, अनलाइनबाट पोलिसी जारी हुन्छ र दावी भुक्तानी पनि अनलाइनबाट नै दिन्छौं,’ उनले भने ।

सिद्धार्थ प्रिमियरले शुत्रबारदेखि डिजिटल माध्यमबाट बीमालेख जारी गर्न तथा दाबी फर्छयौट गर्न एसपीआईएल-डिजी प्रणालीको सुरुवात गरेको हो । सरल र सहज बीमा सेवा प्रदान गर्ने मुख्य उद्धेश्यका साथ नेपाली बीमा जगतमा पहिलो पटक प्रचलनमा ल्याएको एसपीआईएल-डिजीको प्रयोगले बीमितहरुले सहज रुपमा अनलाइनबाटै बीमालेख खरिद गर्न सक्नेछन् । निश्चित रकमसम्मको बीमा दावी फर्छयौट गरी भुक्तानी समेत प्राप्त गर्न सक्नेछन् ।

एसपीआईएल-डिजी डिजिटल प्रणाली भएको हुँदा अनलाईन भुक्तानी मार्फत् कम्पनीमा बीमाशुल्क भुक्तानी गरी भौतिक रुपमा उपस्थिति बिना बीमालेख खरिद गर्न सकिने सीईओ बैदवारले बताए । बीमितले निश्चित रकम सम्मको बीमा दावी फर्छ्यौट गरी भुक्तानी लिन र बीमा दावीको अवस्थाको बारेमा जानकारी समेत लिन सक्ने उनको भनाइ छ ।

Share News