काठमाडौं । साङ्गे विद्यतु कम्पनीले लिमिटेडले २ वर्षको लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ को नाफाबाट करसहित नगद लाभांश वितरण गर्ने बताएको छ ।
कम्पनीको सञ्चालक समितिको भदौ १७ गते बसेको बैठकले २ वर्षको लाभांश वितरण र आईपीओ निष्काशन गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । कम्पनीको सभा असोज ९ गते बिहान ९ बजे त्रिपुरेश्वर काठमाडौंमा हुनेछ ।
कम्पनीको सभाले आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदन र आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को लेखापरिक्षण गर्न लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, प्रबन्धपत्र तथा नियमावली संशोधनमा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।