टाटा मोटर्स फन कार्निभल, जुनसुकै ब्राण्डका पुराना गाडी साट्न सकिने

<p>काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुरु गरेको टाटा मोटर्स फन कार्निभलमा जुनसुकै ब्राण्डका गाडी साटफेर गर्न सकिने सुविधा रहेको कम्पनीले जनाएको छ । ग्राहकले कार्निभलमा जुनसुकै ब्राण्डका पुराना गाडीसँग टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन, टियागो इभीलगायत गाडी साट्न सक्नेछन् । ग्राहकको बदलिँदो जीवनशैली र नवीन सवारीप्रतिको रूचिलाई लक्षित गरेर मेला सञ्चालन [&hellip;]</p>

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुरु गरेको टाटा मोटर्स फन कार्निभलमा जुनसुकै ब्राण्डका गाडी साटफेर गर्न सकिने सुविधा रहेको कम्पनीले जनाएको छ ।

ग्राहकले कार्निभलमा जुनसुकै ब्राण्डका पुराना गाडीसँग टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन, टियागो इभीलगायत गाडी साट्न सक्नेछन् ।

ग्राहकको बदलिँदो जीवनशैली र नवीन सवारीप्रतिको रूचिलाई लक्षित गरेर मेला सञ्चालन गरिएको कम्पनीले जनाएको छ । काठमाडौं उपत्यकाभित्र टाटा मोटर्स शोरुम थापाथली, वेस्टर्न मोटर्स् महाराजगञ्ज, जेबी मोटर्स बालकुमारी, सिप्रदी ट्रेडिङ राधेराधे, भक्तपुर तथा उपत्यकाबाहिर इटहरी र धनगढीमा सुरु मेला पुस २२ सम्म चल्नेछ ।

मेलामा गाडी खरिद गर्ने ग्राहकका लागि विभिन्न अफरसमेत राखिएका छन्। मेलामा ग्राहकलाई टाटा मोटर्सका नयाँ तथा आधुनिक डिजाइनका गाडी टेस्ट ड्राइभ सुविधा उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

गाडी किन्ने ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, इभी गाडीका लागि निःशुल्करूपमा फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एसेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिकल स्कुटर प्राप्त गर्न सक्नेछ ।

Share News