काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१को ५ महिनामा जीवन बीमा कम्पनीहरूले साढे ६१ अर्ब बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङक अनुसार १४ वटा जीवन बीमा कम्पनीले मंसिरसम्म ६१ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।
मंसिरसम्मको तथ्याङ्क अनुसार सबैभन्दा धेरै नेपाल लाइफ इस्योरेन्सले १६ अर्ब ७६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस्तै, नेशनल लाइफले ७ अर्ब १६ करोड रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी)ले ६ अर्ब ९२करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।
यस्तै, हिमालयन लाइफले ६ अर्ब ७९ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ५२ करोड रुपैयाँ, सूर्यज्योति लाइफले ३ अर्ब ४५ करोड रुपैयाँ, एशियन लाइफले ३ अर्ब २ करोड रुपैयाँ, सानिमा रिलायन्सले २ अर्ब ३६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।
यस्तै, सिटिजन लाइफले २ अर्ब २३ करोड रुपैयाँ, मेट लाइफले २ अर्ब १९ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ६७ करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब ६३ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ५३ करोड रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब ४४ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।