काठमाडौं । साधना लघुवित्त वित्तिय संस्थाको सातौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । गोरखा जिल्ला गोरखा नगरपालिका –६ केन्द्रीय कार्यायालय रहेको साधना लघुवित्तले सातौ बार्षिक साधारणसभा शुक्रबार धादिङ्ग जिल्ला स्थित गल्छी गाउँपालिका वडा नं ६, बैरेनीमा सधारणसभा भएको हो ।
मिति २०७४ कार्तिक २२ गते देखि सन्चालनमा आएको राष्ट्रिय स्तरको साधना लघुवित्त वित्तिय संस्थाले सदस्य मैती वित्तीय सेवा प्रदान गर्दे आएको छ । साधारण सभाले सञ्चालक समितिवाट पेश भएको आ.व.२०७९/०८० को वासलात, नाफा नोक्सान हिसाव लगायत अन्य वित्तिय विवरण सहित वार्षिक प्रतिवेदन पारित गरेको छ ।
यसैगरि तनहुँमा केन्द्रिय कार्यालय रहेको सबैको लघुवित्त बित्तीय संस्था संग एक आपसमा गाभ्ने गाभिने (मर्जर) को प्रस्ताव सर्वसम्मतिले पारीत गरेको छ । यसैगरी साधारण सभाले साधना लघुवित्त वित्तीय संस्था लि. र साधना लघुवित्त वित्तीय संस्था लि.मर्जर पश्चात नाम सबैको साधना लघुवित्त वित्तीय संस्था हुने, स्वाप रेसियो १ः१ हुने मर्जर पश्चात् केन्द्रिय कार्यालय चितवन जिल्लामा स्थानान्तरण हुने, हालको संचालक समितीको कार्यकाल मर्जर पश्चात पहिलो साधारण सभासम्म रहने गरि विभिन्न प्रस्तावहरु सर्वसम्मतले पारित गरेको छ ।
त्यसैगरि सभामा विभिन्न सेयरधनिहरुबाट आएको जिज्ञासा,सल्लाह, सुझाव बारेमा कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपाने र संचालक समितीका अध्यक्ष कृष्ण बहादुर थापाले प्रष्ट पार्ने कार्य गरेका थिए भने संचालक समितीको तर्फबाट उपस्थित सबैलाई धन्यवाद ज्ञापन संचालक समितिको सदस्य नरहरी ढकालले गरेका थिए ।
चालु आ.व. माघ मसान्तसम्म ३१ जिल्ला मार्फत ९३ वटा शाखा कार्यालयहरु मार्फत संस्थाको पहुँच १ लाख ४ हजार भन्दा बढि विपन्न परिवारमा सेवा पुगेको छ र हालसम्म संस्थाको लगानीमा रहेको कर्जा ५ अर्ब ४० करोड तथा बचत १ अर्ब ३१ करोड भन्दा बढि सदस्यहरुवाट संकलन गर्न सफल भएको छ ।
निकट भविष्यमा मर्जर पश्चात् संस्थाको सात वटै प्रदेशमा कार्यक्रम विस्तार गरि आधुनिक प्रविधी मैत्री सेवा तथा ग्राहक सदस्यहरुमा उद्यमशिलता विकासका साथै बित्तीय साक्षरतामा बिशेष जोड दिई कार्यक्रम संचालन गर्ने कुरा प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।