काठमाडौं । सोमबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.०३ अंकले घटेर २७३० बिन्दुमा झरेको छ ।
नेप्सेका अनुसार ११९ कम्पनीको सेयर मूल्य घट्दा १३२ कम्पनीको सेयर मूल्य घटेको छ । १८ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
सोमबार ३३९ कम्पनीको ५८ लाख कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार साहस ऊर्जाको भएको छ । साहसको ८ करोड रुपैयाँको कारोबार भएको छ ।
साथै रिलाइन्स स्पिीनिङको ७ करोड ३४ लाख, एसवाई प्यानलको ७ करोड १३ लाख, एपीआई पावरको ६ करोड र शिवम् सिमेन्टको ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबारका १३ उपसूचक मध्ये ५ वटाको सूचकमा हरियाली छाएको छ । बैंकिङ ०.१४ प्रतिशत, डेभलपमेन्ट बैंक ०.०३ प्रतिशत, हाइड्रोपावर ०.१६ प्रतिशत र इनभेष्टमेन्ट ०.०९ प्रतिशतले बढेका छन् ।