काठमाडौं । सरकारले विभिन्न आयोजना निर्माणका लागि अर्बाैं बराबरको रकम बजेट छुट्याएको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले पूर्व पश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड विनियोजन गरेको बताए
उनका अनुसार काठमाडौं तराई मधेश दूर्तमार्ग सडक आयोजना अन्तर्गत निर्माणाधिन महादेव टार, धोद्रे र लेनडाँडा सुरूङ मार्गका निर्माण कार्य गरिनेछ । काठमाडौं तराई मधेश दूर्तमार्ग सडक आयोजनाअन्तर्गत ५७ वटा पुल निर्माण लगायत अन्य कार्य गर्न २२ अर्ब ५४ करोड विनियोजन गरिएको मन्त्री पुनले बताए ।
उनका अनुसार मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत ७५ किलोमिटर कालोपत्रे र १० वटा पुल निर्माण गर्न ३ अर्ब ६८ करोड रुपैयाँ, हुलाकी राजमार्गका ७५ किलोमिटेर कालोपत्रे र १० वटा पुल निर्माण गर्न ३ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
यस्तै, कोशी काली गण्डकी र कर्णाली करिडोरका लागि ५० किलोमिटर कालोपत्रे र ५ वटा पुल निर्माणका लागि ४ अर्ब ४३ करोड रुपैयाँ, मधनभण्डारी राजमार्गको बाँकी निर्माण कार्य अगाडि बढाउन ३ अर्ब ६० करोड रुपैयाँ र नारायणगढ मुग्लिन खण्डको ४० किलोमिटर सडक स्तरोन्नति गर्न ९ अर्ब ५७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री पुनले बताए ।