सिलिङभन्दा कम बजेट ल्याएका हौं : अर्थसचिव मरासिनी

<p>काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले सिलिङभन्दा कम बजेट ल्याएको बताएका छन् । अर्थमन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनामा बोल्दै उनले राष्ट्रिय आयोजना आयोगको सिलिङ निर्धारण समितिले दिएको सीमाभन्दा कम रकमको बजेट सार्वजनिक गरेको बताएका हुन् । &#8216;समितिले पहिलो चरणमा माघमा बजेटको सिलिङ दिएको थियो, त्यसपछि धेरै आर्थिक गतिविधि भए, मन्त्रालयहरूका माग पनि बढे, त्यसपछि फेरि दोस्रो [&hellip;]</p>

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले सिलिङभन्दा कम बजेट ल्याएको बताएका छन् । अर्थमन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनामा बोल्दै उनले राष्ट्रिय आयोजना आयोगको सिलिङ निर्धारण समितिले दिएको सीमाभन्दा कम रकमको बजेट सार्वजनिक गरेको बताएका हुन् ।

‘समितिले पहिलो चरणमा माघमा बजेटको सिलिङ दिएको थियो, त्यसपछि धेरै आर्थिक गतिविधि भए, मन्त्रालयहरूका माग पनि बढे, त्यसपछि फेरि दोस्रो चरणमा समितिले बजेटका लागि सिलिङ दिएको थितयो, दोस्रो पटक दिएको सिलिङभन्दा अहिलेको बजेट कम हो,’ उनले भने ।

अर्थसचिव मरासिनीले राजनीतिक दबाबकाबीच पनि सिलिङभन्दा कम बजेट ल्याएको जानकारी दिए । नयाँ दायित्व सिर्जना गर्नेभन्दा पनि बाँकी बक्यौतालाई फरफार गर्ने रणनीति लिएर मन्त्रालय अगाडि बढेको उनको भनाइ छ ।

‘राजनीतिक दबाबकाबीच पनि सिलिङभन्दा कम बजेट ल्याएका छौं, हामीले नयाँ दायित्व सिर्जना गर्नेभन्दा पनि बाँकी बक्यौतालाई फरफार गर्ने रणनीति लिएका छौं,’ उनले भने ।

Share News