काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भौतिक मन्त्रालयको बजेट संशोधन गर्नुपर्ने बताएका छन् । बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बजेटको मुल मान्यतामा नै त्रुटी भएकाले बजेट संशोधन गर्नुपर्ने बताएका हुन् ।
प्रमुख सचेतक लेखकले मन्त्रीहरूले आ-आफ्नाे मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने, आफ्नै जिल्लामा लैजाने प्रवृत्ति ज्यादा अपरिपक्व, गैरजिम्मेवारपूर्ण रहेकाे बताए । उनले यो शक्ति र सत्ताको दुरुपयोग भएको बताए ।
उनले प्रधानमन्त्री र अर्थमन्त्रीले बजेट विनियोजनमा हस्तक्षेप गरेर मन्त्रालयको बजेट पुनर्लेखन नगरे बेठिक ढंगले वितरण गर्ने काममा संलग्न भएको निष्कर्षमा कांग्रेस पुग्ने बताए ।