
काठमाडौं । साओमीले आफ्नो ईभी लक्जरी संस्करणको १० हजार युनिट बिक्री लक्ष्य राखेको छ ।
बुधवार साओमीका संस्थापक लेइ जुनले आफ्नो रेड नोट खातामा १० हजार युनिट बिक्री लक्ष्य राखेको उल्लेख गरे ।
कम्पनीको प्रमुख इलेक्ट्रिक वाहन एसयू सेभेन अल्ट्राको लक्जरी संस्करण फेब्रुअरी अन्त्यमा सार्वजनिक गरिने जनाइएको छ ।
साओमीले दुईवटा नयाँ मोडेल सार्वजनिक गर्ने योजना बनाएको हो । एसयू सेभेन सेडान अझ खेलकुद शैलीको संस्करण हुने जनाइएको छ । यसमा १,५२६ हर्सपावर १ हजार ७७० एनएम टर्क हुनेछ ।
यो ईभी ०-१०० किलोमिटर पर आवर्समात्र १.९८ सेकेन्ड मा पुग्नेछ र २०० किलोमिटर पर हावर्स गति ५.८६ सेकेन्ड मा प्राप्त गर्नेछ ।
साओमीले २०२५ मा ३ लाख कार डेलिभर गर्ने लक्ष्य राखेको छ । यसले २०२४ मा १ लाख ३५ हजारभन्दा बढी कार डेलिभर गरेको थियो ।
कारन्यूजचाइना पत्रिकाका अनुसार साओमीको प्रारम्भिक डेलिभरी लक्ष्य २०२४ का लागि १ लाख इकाइ थियो, तर बेइजिङ कारखानामा उत्पादन अपेक्षाभन्दा बढी भएपछि कम्पनीले यो संख्या बढाएको हो ।
साओमीको ईभी प्लान्टको पहिलो चरणमा वार्षिक उत्पादन क्षमता १ लाख ५० हजार इकाइ रहेको छ । दोस्रो चरणको विस्तारपछि थप १ लाख ५० हजार इकाइ उत्पादन क्षमता थपिँदैछ, जसले कुल क्षमता ३ लाख इकाइ प्रति वर्ष पुर्याउनेछ ।
