भारतमा बिक्रीको पहिलो स्थानमा मारुति सुजुकी

<p>काठमाडौं । भारतीय कार बजारका लागि सन् २०२५ को पहिलो महीना जनवरी राम्रो रह्यो । पछिल्लो महिना ४.६५ लाखभन्दा धेरै कार बिक्री हुँदा मारुति सुजुकी पहिलो स्थानमा छ । शीर्ष १० मा सामिल कम्पनीले ९५ प्रतिशतभन्दा धेरै कार बेचे । बितेको जनवरी महीनामा महिन्द्राले टाटा मोटर्सलाई पछाडि पारेको छ। यसले हुन्डाईलाई पनि कडा टक्कर दिएको [&hellip;]</p>

काठमाडौं । भारतीय कार बजारका लागि सन् २०२५ को पहिलो महीना जनवरी राम्रो रह्यो । पछिल्लो महिना ४.६५ लाखभन्दा धेरै कार बिक्री हुँदा मारुति सुजुकी पहिलो स्थानमा छ ।

शीर्ष १० मा सामिल कम्पनीले ९५ प्रतिशतभन्दा धेरै कार बेचे । बितेको जनवरी महीनामा महिन्द्राले टाटा मोटर्सलाई पछाडि पारेको छ।

यसले हुन्डाईलाई पनि कडा टक्कर दिएको छ ।

तर, होन्डा जेएसडब्ल्यू एमजी, स्कोडा र फक्सवागन कम्पनीका कारहरूको बिक्री डिसेम्बर २०२४ को तुलनामा मासिक रूपमा घटेको देखियो । त्यसैगरी, कियाको कार बिक्रीमा १७९ प्रतिशतको मासिक वृद्धि देख्न सकिन्छ ।

२०२५ मा भारतीय अटो बजारमा तीव्र प्रतिस्पर्धा देखिएको छ, जहाँ स्वदेशी कम्पनीहरूले अन्तर्राष्ट्रिय ब्रान्डहरूलाई कडा टक्कर दिइरहेका छन् ।

मारुति सुजुकीको शानदार प्रदर्शन

मारुति सुजुकीको जनवरीमा कुल १ लाख ७३ हजार ५९९ कार बिक्री भएको छ । डिसेम्बर २०२४ को १ लाख ३० हजार ११५ युनिटको तुलनामा यो ३३ प्रतिशत मासिक वृद्धि हो । जनवरी २०२४ को १ लाख ६६ हजार ८०२ युनिटको तुलनामा ४.१ प्रतिशत वार्षिक वृद्धि हो ।

दोस्रो स्थानमा हुन्डाई

हुन्डाईले ५४ हजार ००३ कार बिक्री गरेको छ । यसले २७.९ प्रतिशत मासिक वृद्धि गरेको हो ।

टाटालाई पछि पार्दै तेस्रो स्थानमा महिन्द्रा

महिन्दाको एसयूभी ५० हजार ५०,६५९ बिक्री भएको छ । यसको २२ प्रतिशत मासिक वृद्धि र १७ प्रतिशत वार्षिक वृद्धि रहेको छ ।

टाटा

टाटाको बिक्री रिपोर्ट उल्लेख छैन ।

टोयोटा

टोयोटाको कार २६ हजार १७८ बिक्री भयो । यसको ५.२ प्रतिशत मासिक वृद्धि र १३ प्रतिशत वार्षिक वृद्धि रहेको छ ।

किया

कियाले २५ हजार २५ कार बिक्री गरेको छ । यसको मासिक वृद्धि १७९ प्रतिशत रहेको छ भने वार्षिक वृद्धि ५.३ प्रतिशत रहेको छ ।

होन्डा

होन्डाले ६ हजार १०३ कार बिक्री गरेको छ । यसमा मासिक र वार्षिक रूपमा बिक्रीमा गिरावट आएको छ ।

जेएसडब्ल्यू एमजी

जेएसडब्ल्यू एमजीको पनि बिक्री घटेको छ । यसले ४ हजार ४५५ कार बिक्री गरेको छ ।

स्कोडा

स्कोडाको बिक्रीमा राम्रो वृद्धि भएको छ । यसले ४ हजार १३३ कार बिक्री गरेको छ । यसमा ७४ प्रतिशतले वार्षिक वृद्धि भएको छ ।

फक्सवागन

फक्सवागनको बिक्री घटेको छ । यसले जनवरीमा ३ हजार ३४४ कार बिक्री गरेको छ । यसमा ३० प्रतिशत मासिक गिरावट (डिसेम्बर २०२४ मा ४ हजार ७८७ युनिट बिक्री) आएको छ ।

Share News