काठमाडौं । आन्तरिक वायुसेवामा सबैभन्दा ठूलो बजार हिस्सा बुद्ध एयरको रहेको छ । बढी यात्रु बोक्ने, जहाज संख्या धेरै भएको र सुगम गन्तव्यमा ठूला जहाजबाट उडान गर्ने यो वायुसेवाले वर्षेनी अग्रणी बजार हिस्सा ओगटिरहेको छ ।
आन्तरिक वायुसेवाको वार्षिक करिब ८ अर्ब रुपैयाँको बजारमा आधा भन्दा बढी एउटै वायुसेवाको छ । हाल आन्तरिक उडानमा निमियत उडानका जहाजको संख्या १० वटा पुगिसकेको छन् । काठमाडौं विमानस्थललाई आधार बनाएर उडान गर्ने वायुसेवामा सबैभन्दा राम्रो पकड पनि बुद्ध एयरकै छ । यो वायुसेवाले काठमाडौंबाट सबै सुगम गन्तव्य अर्थात सहरी क्षेत्रका विमानस्थलमा मात्रै उडान गर्ने गरेको छ । यो वायुसेवाले वर्षोदेखि सुरक्षित यात्रा गर्ने र यात्रु सेवामा सधै विश्वसनिय उडान गर्ने गरेकोले यात्रु आकर्षण गर्न सफल भएको यो वायुसेवाको भनाइ छ ।
नेपाली आकाशमा २०१६ मा काठमाडौं विमानस्थलको प्रयोग गर्ने र यो विमानस्थलमा अवतरण हुने जहाजको आवागतमको तथ्यांक १७ लाख ७५ हजार पुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको अपरेशन विभागले दिएको तथ्यांक अनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा करिब ४ लाखले बढी हो । अभिल्लो वर्ष सन् २०१५ मा १३ लाख ६४ हजार यात्रुलाई विभिन्न आन्तरिक वायुसेवाले सेवा दिएका छने ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्त प्रेमनाथ ठाकुरका अनुसार यो तथ्यांक आन्तरिक उडानका सबै वायुसेवा र हेलिकोप्टरकोसहित हो । उनका अनुसार प्रमुख तथ्यांकको हिस्सामा आन्तरिक वायुसेवा नै हुन्छन् । हेलिकोप्टरले चार्टर उडान गर्ने र यात्रु पनि थोरै बोक्ने हुनाले यीनको संख्या कम नै हुने गरेको छ ।
आन्तरिक वायुसेवामा बुद्ध एयरले १० लाख ११ हजार यात्रु बोकेको छ । वुद्ध एयरले समग्र बजार हिस्सा यात्रु उडानको तथ्यांकमा ५८ प्रतिशत भएपनि दुर्गम क्षेत्र हटाएर हेर्ने हो भने ६७ प्रतिशत भन्दा बढी रहेको बुद्ध एयरले जानकारी दिएको छ । यो वायुसेवाका अनुसार हरेक वर्ष यसले यात्रु उडान घट्न नदिन र नयाँ जहाज थप गर्ने र बजार रणनीति बनाएर उडान गर्ने गरेकोले पनि बजार हिस्सा नघटेको बुद्ध एयरको अपरेशन विभागले जानकारी दिएको छ ।
विमानस्थलबाट दोस्रो बढी यात्रु बोक्नेमा यती र र तेस्रोमा तारा एयर रहेका छन् । यी वायुसेवाले क्रमश ४ लाख र ७० हजार यात्रु बोको छन् । सिम्रिक एयरले भने ४८ हजार यात्रु बोकेको तथ्यांकमा उल्लेख छ । ट