काठमाडौं । फोटोन मोटरले फोटोन माउन्टेन ईभी विद्युतीय पिकअपको नेपालमा आधिकारिक रूपमा सुरुवात गरेको छ । नेपालका विविध भूभाग र चुनौतीपूर्ण सडकहरूलाई ध्यानमा राखी डिजाइन गरिएको यो इलेक्ट्रिक पिकअप देशको दिगोपन लक्ष्यमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
नेपाल सरकारले विद्युतीय सवारीसाधनको प्रवर्द्धनलाई उच्च प्राथमिकता दिइरहेको अवस्थामा फोटोन माउन्टेन ईभी को लन्चले इन्धन निर्भरता घटाउन र कार्बन उत्सर्जन न्यून गर्न महत्त्वपूर्ण योगदान पुर्याउनेछ । फोटोन मोटरले उच्च सुरक्षा, दक्षता र प्रदर्शन मापदण्ड पालना गर्ने अत्याधुनिक विद्युतीय सवारीसाधनमार्फत नेपाललाई स्वच्छ ऊर्जा समाधानमा अघि बढाउन प्रतिबद्धता जनाएको छ ।
फोटोन मोटरका सीईओ तुषार गुप्ताले नेपालका लागि विशेष डिजाइन गरिएको माउन्टेन ईभी को सुरुवातले यातायात क्षेत्रमा नयाँ क्रान्ति ल्याउने बताए ।
उनले भने, ‘नेपालको विकसित हुँदै गरेको यातायात क्षेत्रलाई उन्नत कार्यसम्पादन, दिगोपन र विश्वसनीयता आवश्यक छ । फोटोन माउन्टेन ईभी इन्जिनियरिङ उत्कृष्टता र वातावरणीय जिम्मेवारीको उत्कृष्ट उदाहरण हो । नेपालको भौगोलिक चुनौतीहरूको सामना गर्न तयार पारिएको यो मोडेलले टिकाउ, कुशल र पर्यावरणमैत्री यातायात समाधान प्रदान गर्नेछ ।’
फोटोन माउन्टेन ईभीले बलियो, टिकाउ र वातावरणमैत्री विकल्प प्रदान गर्दै नेपालको पिकअप ट्रक बजारमा नयाँ युगको सुरुवात गर्नेछ । व्यवसाय, फ्लीट अपरेटर तथा दिगो यातायात समाधान खोज्ने प्रयोगकर्ताहरूका लागि यो भरपर्दो र किफायती विकल्प बन्ने अपेक्षा गरिएको छ ।
नेपालको सडक संरचना र जलवायुअनुसार विशेष रूपमा डिजाइन गरिएको फोटोन माउन्टेन ईभीले विद्युतीय सवारीसाधनको बजार विस्तार गर्न योगदान दिने विश्वास गरिएको छ ।