काठमाडौं । टेस्लाको नयाँ कारहरूको बिक्री डेनमार्कमा मार्च महिनामा एक वर्षअघिको सोही महिनाको तुलनामा ६५.६ प्रतिशतले घटेर ५९३ गाडीमा पुगेको छ।
मोबाइलिटी डेनमार्कको दर्ता डेटाले मंगलबार यस्तो देखाएको हो ।
मस्कको दक्षिणपन्थी गतिविधिहरूले गर्दा विभिन्न देशहरूमा टेस्ला कारहरूको बिक्रीमात्र घटेको छैन, तोडफोड तथा आगजनी पनि हुँदै आएको छ ।
इटालीको रोमस्थित सोमबार बिहान टेस्ला डिलरशिपमा भएको आगलागीमा परी १७ वटा गाडीहरू जलेर नष्ट भएका छन् ।
इटालीको विशेष प्रहरी इकाई डिजोसले यस घटनाको अनुसन्धान गरिरहेको छ ।
प्रविधि व्यवसायी तथा सोशल मिडिया प्लेटफर्म एक्स (पूरानो ट्वीटर) का मालिक मस्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग आबद्ध भएका छन् र उनले युरोपका दक्षिणपन्थी दलहरूको समर्थन गरिरहेका छन् ।