काठमाडौं । नेपालका लागि कियाको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले काठमाडौंको गैरीधारास्थित सिल्भर ओक बैंक्वेटमा किया एक्सचेन्ज कार्निभल सुरु गरेको छ । शुक्रबारदेखि सुरु भएको यो कार्निभल आइतबारसम्म चल्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार, जुनसुकै ब्रान्डका पुराना गाडीहरू उत्तम मूल्यमा बिक्री गरी कियाका अत्याधुनिक गाडीहरूमा अपग्रेड हुने अवसर कार्निभलमा प्राप्त गर्न सकिन्छ । साथै, कार्निभलमा टेस्ट ड्राइभ गर्ने सहभागीहरूका लागि पनि विशेष उपहारको व्यवस्था गरिएको छ ।
कार्निभलमा सहभागी हुने ग्राहकहरूले ६ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस पाउनेछन् । त्यस्तै, नगद भुक्तानी गरेर गाडी खरिद गर्दा ६ लाख रुपैयाँसम्मको विशेष छुटको पनि लाभ उठाउन सकिनेछ ।
कम्पनीले गाडी खरिदकर्ताका लागि सहज फाइनान्स सुविधा उपलब्ध गराएको छ । बैंक तथा वित्तीय संस्थामार्फत सरल किस्ताबन्दीमा गाडी खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।
कम्पनीले बिक्री गर्ने गाडीहरूमा एक वर्षसम्मको सडक कर र एक वर्षको पूर्ण बीमा पनि आफ्नै तर्फबाट बेहोर्ने नीति लिएको छ ।
कार्निभलमा ग्राहकले एक्सचेन्ज गर्ने सवारी साधनको आकर्षक मूल्यांकन प्राप्त गर्नेछन् । साथै, एक्सचेन्ज बोनसको समेत लाभ उठाउन सक्नेछन् ।
कियाका सवारीसाधनहरू ३० वर्षदेखि नेपाली सडकमा गुडिरहेका छन् । किया ब्रान्डका इन्धनचालित र विद्युतीय दुवै प्रकारका गाडीहरू विश्वबजारमा निकै लोकप्रिय छन् ।
कियाले कार्निभलमा सोनेट र सेल्टोसका ४–४ भेरियन्ट, कारेन्स ग्राभिटी एडिसन (२०२५), इभी६ र इभी९ प्रस्तुत गरेको छ ।
विशेष छुट र सुविधाको लाभ लिन किया एक्सचेन्ज कार्निभलमा सहभागी हुन ग्राहकलाई कम्पनीले अनुरोध गरेको छ ।