काठमाडौं । नयाँ वर्षको अवसरमा नेपालका लागि नामी ईभीको आधिकारिक वितरक एमएडब्लू वृद्धिले शनिबारदेखि चैत्र ३० गतेसम्म सन्चालन हुने आफ्नो न्यू ईयर, न्यू अफर देशव्यापी एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प गर्ने घोषणा गरेको छ।
एक हप्तासम्म चल्ने यस कार्यक्रमको उद्देश्य ग्राहक संग्लग्नता बढाई उनीहरूलाई बिग ह्याच र फाइभ स्टार लक्जरी भएको नामीको प्रत्यक्ष अनुभव प्रदान गर्नु हो ।
योसँगै ग्राहकहरूले अब तोकिएको नामी गाडीको बुकिङको लागि केवल ५ लाख ९९ हजार रुपैयाँदेखि सुरु हुने सजिलो डाउनपेमेन्टबाट फाइदा लिन सक्नेछन् । यो अफरमा बुकिङ भएको मितिदेखि दुई वर्किङ डे भित्र ग्यारेन्टीपूर्ण डेलिभरीका साथै १ लाख सम्मको फाइदाहरू समावेश हुनेछन् ।
खरिद प्रक्रियालाई थप सजिलो बनाउन नामीले ८० प्रतिशतसम्मको फाइनान्सिङ सहायता प्रदान गर्नेछ जसले गर्दा गाडी लिने प्रक्रिया सहज हुने र ग्राहकले सुरूमै गर्नु पर्ने खर्च पनि कम हुनेछ ।
साथै टेस्ट ड्राइभ लिने सबै सहभागीहरूलाई निःशुल्क उपहार प्रदान गरिनेछ ।