नाइमा र नाडा सँगसँगै सहकार्य गरेर अघि बढ्ने

काठमाडौं । अटोमोबाइल व्यवसायीहरूको छाता संस्था नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) र सोही संगठनबाट जन्मिएको नयाँ संस्था अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) एक अर्काको परिपूरक भएर जानेका भएका छन् । 

नाडा र नाइमाले संयुक्त वक्तव्य जारी गर्दै एउटै प्रकृतिका काम अलग्गै गर्ने हुनाले  काम गर्नुपरेको अवस्थामा दुवै संस्थाले छलफल गरेर सहमति गरेका हुन् ।

नाडाले लामो समयदेखि नेपालका अटोमोबाइल व्यवसायीहरूलाई समेट्ने साझा संस्था भएर काम गर्दै आएको छ । अटोमोबाइल क्षेत्रको समग्र प्रबर्द्धन, नीति निर्माणमा सहकार्य, तथा व्यापार तथा व्यवसायलाई सहज बनाउने काममा नाडा सधैं सक्रिय रहँदै आएको छ भने नाइमाले आगामी वैशाख ४ गते आफ्नो उद्देश्य तथा कार्यदिशा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । 

नाइमा मोबिलिटी सशक्तिकरणको वकालत गर्ने उद्देश्यले स्थापना गरिएको संस्था हो । यसमा नेपालका अटोमोबाइल आयातकर्ता तथा निर्माता सदस्य छन् । 

नाइमाको उद्देश्य ‘मोबिलिटीमार्फत विकास सशक्त बनाउने’ रहेको छ । यसले रणनीतिक, नीतिगत वकालतद्वारा नेपालको अटोमोटिभ क्षेत्रलाई सबल बनाउने लक्ष्य राखेको छ, जसमा दिगो तथा सुरक्षित मोबिलिटीलाई प्राथमिकता दिनेछ ।

दुवै संस्थाले आफ्नो लक्ष्यप्रति प्रतिबद्ध रहँदै स्वतन्त्र रूपमा आफ्ना प्रयासहरू जारी राख्नेछन् । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल अटोमोबाइल उद्योगलाई समर्थन गर्ने र राष्ट्र विकासमा योगदान पुर्याउने दृष्टिकोणले स्थापना गरिएको संस्था हो । 

नाडाले नेपालको अटोमोबाइल नीतिहरू निर्माण गर्न तथा उद्योगसँग सम्बन्धित चुनौतीहरू समाधान गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । नयाँ गठन भएको नेपाल अटोमोबाइल इम्पोटर्स तथा म्यानुफ्याक्चरर्स संघ (नाइमा) भनेको मोबिलिटी सशक्तीकरणको वकालतका लागि गठन गरिएको संस्था हो । 

जसमा नेपालका अटोमोबाइल आयातकर्ता र निर्माताहरूको प्रतिनिधित्व गर्छ । दुवै संस्था अटोमोबाइल व्यवसायमा प्रत्यक्ष संलग्न भएकाले केही सदस्य कम्पनीहरू दुवै संघको सदस्य बन्ने छनौट गर्न सक्छन् ।

null

नाइमाले अटोमोबाइल उद्योगको विशेष क्षेत्रमा प्रतिनिधित्व गर्ने भए तापनि यसको कार्यक्षेत्र उद्योग र सरोकारवालाहरुको सशक्तिकरण, विकास तथा समृद्धिमा केन्द्रित रहनेछ। यस संस्थाले वातावरणमैत्री अभ्यास, उपभोक्ता शिक्षाको प्रवर्द्धन, सडक सुरक्षा तथा पूर्वाधार सुधारको आवश्यकतालाई सम्बोधन गर्दै सरकारसँग मिलेर यी उद्देश्यहरू पूरा गर्न काम गर्नेछ ।

‘हालै नाइमाको स्थापनासँग सम्बन्धित छलफल तथा समाचारहरूबाट नाडाको भूमिकालाई लिएर केही भ्रमहरू उत्पन्न भएका छन्। हामी स्पष्ट पार्न चाहन्छौं कि नाडा र नाइमा दुवै संस्थाको स्वतन्त्र सहअस्तित्वले नेपालमा अटोमोबाइल उद्योगलाई सशक्त बनाउनेछ भन्ने कुरामा दुवै संस्थाले विश्वास गर्छन्,’ संयुक्त वक्तव्यमा भनिएको छ। 

लामो इतिहास बोकेको नाडा गत फागुन ९ गते आधिकारिक रूपमा दुई टुक्रा भएको थियो । कम्पनी रजिस्ट्रार कार्यालयमा नाफा वितरण नगर्ने गरी नेपाल अटोमोबाइल्स इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) दर्ता भएको थियो । नयाँ संस्था नाइमामा १० ठूला आयातकर्ता व्यवसायी आबद्ध छन् भने नाइमाको अध्यक्षमा ऋतुसिंह वैद्य छिन् ।

संकटमा नाडा अटो शो, ३ कम्पनी मात्र इच्छुक
 

Share News