‘अटोमोबाइल्स एशोसियसन’को अध्यक्षमा प्रिया

काठमाडौं । ‘बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसन’को अध्यक्षमा राजन प्रिया निर्वाचित भएका छन् । 

आइतबार सम्पन्न प्रथम साधारणसभाबाट उपाध्यक्षमा रामकुमार शाही ठकुरी र सीता केसी, सचिवमा यज्ञ प्रसाद पौडेल र कोषाध्यक्षमा जनक कुमार ढकाल निर्वाचित भएका हुन् । 

त्यसैगरी सदस्यमा पियुष गजुरेल, दीपेश योगल श्रेष्ठ, लोमश अधिकारी र सुनिता रेग्मी निर्वाचित भएका हुन् । सोही निर्वाचित कार्यसमितिले उपाध्यक्षमा राजेन्द्र प्रसाछे, सचिवमा निमेष बर्तौला र सदस्यमा आरुषी थापा र विमल पौडेललाई मनोनीत गरेको छ ।

साधारणसभाले अटोमोवाइल क्षेत्रको विकास, साहसिक पर्यटन तथा महिला सशक्तीकरणमा क्रियाशीलता बढाउनुका साथै बागमती प्रदेशका अर्थ, यातायात, खेलकुद तथा पर्यटन मन्त्रालयमा नीतिगत सुधारका लागि सुझाव तथा माग पेश गर्ने निर्णयसमेत गरेको छ ।

Share News