काठमाडौं । नेपालका लागि सीएफमोटो तथा जिहोको आधिकारिक वितरक रिलायन्स ग्रुपअन्तर्गतको ऋषि ट्रेड सेन्टरले नयाँ आउँदै गरेको वर्ष २०८२ साललाई लक्षित गर्दै आफ्नो जिहो ईभी स्कुटरमा अफर सार्वजनिक गरेको छ ।
सेन्टरले यसपालि नयाँ खरिद गर्ने ग्राहकलाई मात्रै अफर लक्षित नभई जिहो ईभी चढ्दै गरेका हालका ग्राहकले समेत आफ्ना साथीभाई र नजिककालाई रिफर गर्दा समेत १ वर्षको एएमसी प्याकेज निःशुल्क पाउने जानकारी दिएको छ ।
यसका साथै नयाँ स्कुटर खरिद गर्ने ग्राहकहरूले चाहि सिधै २० हजार नगद छुट पाउनेछन् ।
हरेक हप्ता उक्त हप्तामा खरिद गर्ने ग्राहकहरु मध्ये एक जना भाग्यशाली विजेताले उल्लेखित छुट रकम बराबर थप रकम छुट पाउने छन् । त्यसैगरी, अफर सकिएपश्चात लक्की ड्रमार्फत आफूले खरिद गरेको रकमको ५० प्रतिशत रकम फिर्ता पाउने लगायतका अफर समेत उपलब्ध छन् । यो अफर आगामी चैत २४ देखि लागू भई वैशाख ३१ सम्म रहने बताइएको छ ।
जिहो नेपाली बजारमा लोकप्रिय ईभी ब्रान्डको रूपमा रहेको छ । उच्चतम प्रविधि, डिजाइन, कार्यक्षमता र टिकाउ जिहो ब्रान्डका ईभी स्कुटर हाल धेरैको रोजाइमा पर्न सफल ब्रान्ड बनेको छ । हाल यसका एई४, एई६ प्लस र एई८ गरी तीन मोडल रहेका छन् ।
हाल उपत्यकाभित्र नक्साल, झम्सिखेल तथा सल्लाघारी र उपत्यका बाहिर नुवाकोट बट्टार र हेटौंडामा यसका शोरुममार्फत यसको बिक्री–वितरण भइरहेको छ ।