काठमाडौं । नेपाल - यामाहा मोटर कम्पनीको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजद्वारा आयोजित 'यामाहा ब्लु फेस्ट' महोत्सव बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । सप्ताहव्यापी यस उत्सवको उद्घाटन एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल र एमएडब्लु राइड्सका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले संयुक्त रूपमा गरेका थिए ।
कार्यक्रममा यामाहा अधिकारीहरू, सञ्चारकर्मीहरू, र उत्साहित ग्राहकहरूको उल्लेखनीय उपस्थिती देखिएको थियो ।
विशेष एक्सचेन्ज अफरहरू
एक्सचेन्ज अवसर : कुनै पनि ब्रान्डको मोटरसाइकल वा स्कुटरलाई यामाहाका नयाँ मोडेलसँग सजिलै एक्सचेन्ज गर्न सकिन्छ ।
न्यूनतम मूल्याङ्कन : यामाहा बाइक वा स्कुटरमा ५०,००० रूपैयाँसम्मको न्यूनतम मूल्याङ्कन सुनिश्चित गरिएको छ ।
अतिरिक्त मूल्याङ्कन बोनस : एक्सचेन्ज गर्दा अतिरिक्त १०,००० रूपैयाँको मूल्याङ्कन बोनस प्राप्त गर्न सकिन्छ ।
सस्तो वित्तीय सुविधा : ७.९९ प्रतिशतको ब्याजदरमा वित्तीय सुविधा उपलब्ध छ, कुनै ग्यारेन्टर आवश्यक छैन ।
'थ्रिल अफ थ्री' योजना : यामाहा बाइक खरिद गर्दा १ लाख रूपैयाँसम्मको नगद छुटको अवसर
अन्य आकर्षणहरू
स्मार्ट हेलमेटहरू : डुअर प्राइजमा स्मार्ट हेलमेटहरू जित्ने मौका
टेस्ट राइड र उपहारहरू : यामाहा मोडेलहरूको टेस्ट राइड गरी रोमाञ्चक उपहारहरू जित्ने अवसर
गेमिङ जोन : एक्शनप्याक फन र प्रतियोगिताहरूमा सहभागी हुने मौका
फेस पेन्टिंग : फेस पेन्टिंग सेवाको आनन्द लिन सकिन्छ
सांस्कृतिक कार्यक्रम : महेश काफ्ले र अस्मिता अधिकारीद्वारा प्रस्तुत ऊर्जावान पर्फर्मेन्सहरू
फ्री एक्सेसरिज : यामाहा बाइक खरिद गर्दा निःशुल्क एक्सेसरिज प्राप्त गर्न सकिन्छ
प्रदर्शनीमा यामाहाका विभिन्न लोकप्रिय मोडेलहरू प्रस्तुत गरिएको छ, जसमा नेपालकै सबैभन्दा बढी माइलेज दिने स्कुटर 'फ्येजर एफआई' प्रमुख आकर्षण हो ।
यस 'यामाहा ब्लु फेस्ट' ले एक्सचेन्ज अफर मात्र नभई, सवारी संस्कृति, प्रविधि र यामाहा समुदायको उत्सवको रूपमा आफ्नो स्थान बनाएको कम्पनीकाे भनाइ छ ।