प्रा.डा. खड्ग केसीले सम्हाले त्रिवि उपकुलपतिको जिम्मेवारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका प्रा.डा. खड्ग केसी नयाँ उपकुलपति बनेका छन् । प्रधानमन्त्री एवं त्रिवि कुलपति केपी शर्मा ओलीले उनलाई उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।

प्रा.डा. केसीलाई अर्को व्यवस्था नहुञ्जेलसम्म उपकुलपतिको कार्यभार दिइएको हो ।

केसीले जिम्मेवारीबारे प्रतिक्रिया दिँदै भने, 'मैले उपकुलपतिको पत्र बुझिसकेको छु, अब कार्यभार सम्हाल्छु ।'

यसअघि उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले पदबाट राजीनामा दिएपछि उक्त पद खाली थियो ।

Share News