काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टस् एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले बुधबारदेखि औपचारिक रूपमा सांगठनिक गतिविधि शुभारम्भ गर्दैछ । कम्पनी रजिस्ट्रार कार्यालयमा फागुन ९ गते दर्ता भएको उक्त संस्था दुई महिनापछि औपचारिक रूपमा सक्रिय हुने भएको हो ।
छुट्टै अटो शोको घोषणा गरेको नाइमाले आफ्नो स्पष्ट दृष्टिकोण, कार्यक्षेत्र, मध्य तथा दीर्घकालीन योजना तथा मोबिलिटी सशक्तिकरणका लागि गर्न लागेका हस्तक्षेप कार्यक्रमहरू सार्वजनिक गर्ने जनाएको छ ।
अटोमोबाइल ब्राण्डका चारपाँग्रे र दुईपाँग्रे सवारीको आयातकर्ता र उत्पादक आबद्ध रहने गरी नाइमाको परिकल्पना भएको हो । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटकी प्रबन्ध निर्देशक रितुसिंह वैद्य अध्यक्ष छिन् ।
आजकै कार्यक्रमबाट नाइमा स्थापनाको उद्देश्य प्रस्तुत गर्ने तयारी गरिएको छ । साथै नाडा क्रियाशिल रहँदै गर्दा नाइमा किन आवश्यक पर्यो र किन दर्ता भयो भनेर उठेका प्रश्नहरूको जवाफसमेत दिइनेछ ।
नाइमा र नाडा सँगसँगै सहकार्य गरेर अघि बढ्ने