नाइमाको औपचारिक घोषणा, साउनमा ‘नेपाल मोबिलिटी एक्स्पो' आयोजना हुने

काठमाडौं । अन्तत : नेपाल अटोमोबाइल्स इम्पोर्टस् एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) औपचारिक रूपमा घोषणा भएको छ ।

कम्पनी रजिस्ट्रार कार्यालयमा फागुन ९ गते दर्ता भएको उक्त संस्था दुई महिनापछि औपचारिक रूपमा बुधबारदेखि सक्रिय भएको हो । 

आजदेखि नाइमाले औपचारिक रूपमा ‘इम्पावरिङ ग्रो थ्रु मोबिलिटी’ नारासहित सांगठनिक गतिविधि सुरुवात गरेको हो । 

नाइमाको नेतृत्व गर्दै आएकी रितुसिंह वैद्यले कार्यक्रममा नाइमाको आधार स्तम्भ उल्लेख गर्दै नेपालको मोबिलिटी क्षेत्रको नेतृत्व गर्ने कार्ययोजना घोषणा गरिन् ।

रितुसिंह वैद्य । तस्बिर : नरेश बोहोरा/विकाशन्यूज

नेपालको मोबिलिटी क्षेत्रमा रहेका समस्याहरूलाई समाधानका निम्ति नाइमा संस्थाको जन्म भएको उनको भनाइ छ ।

उनले भनिन,  ‘नेपालको मोबिलिटी क्षेत्रमा धेरै समस्या छन्, ती समस्या र चुनौतीहरूको वकालत अब नाइमाले गर्नेछ । यी क्षेत्रका हरेक समस्या नाइमाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा  पुर्याउनेछ ।’

यसले मोबिलिटी क्षेत्रको प्रतिनिधित्व, रणनीतिक सहकार्य, विकास र वकालत गर्न एकीकृत प्लेटफर्मको रूपमा समेत काम गर्ने अध्यक्ष वैद्यको दावी छ ।

नेपालको अर्थतन्त्रको वृद्धि र विकासमा अटोमोबाइल उद्योगको योगदान अभिवृद्धि गर्ने, अटोमोबाइल उद्योगको दक्षतालाई प्रोत्साहन गर्ने, नीति निर्माण, सडक सुरक्षा र यातायात पूर्वाधारका लागि संघ, प्रदेश र स्थानीय तहका सरकारी विभागहरूसँग सहकार्य गर्ने, अटोमोबाइल तथा सवारीसाधन आयातकर्ता तथा उत्पादक समुदायको सर्वाङ्गीण विकासका लागि काम गर्नेलगायत उद्देश्य नाइमाको रहेको छ ।

यस्तै, अटोमोबाइल आयातकर्ता र उत्पादक समुदायका लागि सीपमा आधारित तालिमहरू प्रदान गर्ने, चेतना जगाउने, नीति वकालत गर्ने र अन्य कल्याणकारी गतिविधिहरू सञ्चालन गर्ने, नेपालभित्र अटोमोबाइल, सडक सुरक्षा र सम्बन्धित विषयमा सेमिनार, कार्यशाला, प्रदर्शनी, कार्यक्रम र तालिम सत्रहरू आयोजना गर्ने गराउने, वातावरणको सुधारका लागि नातिगत वकालतमा संलग्न हुने र अटोमोबाइल प्रयोगकर्ता र सर्वसाधारणको सुरक्षा र संरक्षण सुनिश्चित गर्ने तथा सडक यातायातका लागि पूर्वाधार र प्रणालीको विकास गर्ने लगायतका सेवाहरू उपलब्ध गराउने उद्देश्य नाइमाले लिएको छ । 

नाइमामा को-को छन् आवद्ध ?

नाइमाको सञ्चालक समितिमा सुहृदराज घिमिरे, शेखर गोल्छा, शौरभ ज्योति, क्याबिनेट श्रेष्ठ, हेमन्त गोल्छा, सन्दिपकुमार शारडा, निराकर श्रेष्ठ, यमुना श्रेष्ठ, निकुञ्ज अग्रवाल र उदयन काब्रा आवद्ध रहेका छन् । 

कार्यक्रमा सञ्चालक समितिका सदस्य सुहृदराज घिमिरेले आफूहरू कसैसँग प्रतिस्पर्धा र द्वन्द्व गर्न नआएको बताए । उनले सबै संस्थाहरूसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने दाबी गरे । 

उनले भने, ‘हामी कसैसँग प्रतिस्पर्धा गर्न आएका होइनौं । अटो व्यवसायमा थुप्रै समस्या छन्, ती समस्यालाई नीतिगत रूपमा समाधान गर्ने उद्देश्यले यो कदम चालेका हौं ।’

मोबिलिटी शोको घोषणा

नाइमाले बुधबार नै साउन २१ गतेदेखि ‘नेपाल मोबिलिटी एक्स्पो- २०२५’ आयोजना गर्ने घोषणा गरेको छ । नाइमाले गौरव शारडालाई एक्स्पाेको संयोजकको रूपमा तोकेको छ । मोबिलिटी एक्स्पो २०२५ को लोगोसमेत अनावरण भएको छ ।

साउन २५ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने एक्स्पो प्रदर्शनीकर्ता र अवलोकनकर्तालाई फाइदाजनक हुने नाइमाको दावी छ ।

नाइमाले प्रदर्शनीकर्तालाई २५ प्रतिशत सस्तो र व्यवस्थित स्टल दिने जनाएको छ । अवलोकनकर्तालाई कम मूल्यमा टिकट दिनेदेखि मिडिया र बिजनेस डेको लागि अलग्गै दिनको व्यवस्थासमेत गरेको छ । 

संकटमा नाडा अटो शो, ३ कम्पनी मात्र इच्छुक

अटो व्यवसायीबीच ‘सक्ने-सकाउने’ खेल, नियतबस् जुधाइयो नाडा अटो शो

Share News